बाँके घटनाका दोषीलाई कारवाही गर्न कांग्रेसको माग | Khabarhub Khabarhub

बाँके घटनाका दोषीलाई कारवाही गर्न कांग्रेसको माग


२७ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बाँकेमा बिहीबार पार्टीको कार्यक्रममा भएको सांघातिक हमलाका दोषीलाई तत्काल कारवाही गर्न सरकारसँग माग गरेको छ ।

कांग्रेसले आज पत्रकार सम्मेलन गरी सो घटनालाई गम्भीर रुपमा लिएको र घटनाको विरोधमा विभिन्न कार्यक्रम गर्ने जनाएको छ । बाँकेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं– ३ को प्रदेशसभा ‘ख’को खजुरा गाउँपालिकाको सीतापुरस्थित नेपाल रेडक्रसको हलमा कांग्रेसको कार्यक्रम भइरहँदा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ताले सांघातिक हमला गरेको कांग्रेसले आरोप लगाएको छ ।

आक्रमणबाट कांग्रेस बाँके सभापति किरण कोइरालाको हात भाँचिनुका साथै केही कार्यकर्ता घाइते भएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए । ठूलो घटना हुँदा पनि सुरक्षा निकाय परिचालित नहुनु र स्थानीय प्रशासनसमेत संवेदनशील नहुनुलाई कांग्रेसले सुनियोजित एवम अत्यन्त गम्भीर घटनाको रुपमा लिएको उनले बताए ।

राजनीतिक दलले साङ्गठनिक कार्यक्रम गर्न पाउने संवैधानिक अधिकारमाथि आक्रमण गरिएको कांग्रेसको आरोप छ । बढ्दो महङ्गी, भ्रष्टाचार, महिला हिंसा, बलात्कार, हत्याका विरुद्ध कांग्रेसले गरेको कार्यक्रममा उर्लदो जनलहर र जनसहभागिता देखेर सत्ता पक्षका कार्यकर्ता अत्तालिएको प्रवक्ता शर्माले आरोप लगाए ।

काठमाडौँ, ललितपुर र भक्तपुरका कांग्रेस जिल्ला सभापतिको अगुवाइमा शनिबार गृहमन्त्रीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाइने प्रवक्ता शर्माले जानकारी दिए । पत्रकार सम्मेलनमा कांग्रेस ललितपुरका सभापति मदन आमात्यले जिल्ला सभापति सुरक्षित हुँदैनन् भने सर्वसाधारण कसरी सुरक्षित होलान भनी सरकारसँग प्रश्न गरेका थिए ।

उनले जिल्ला सभापति कोइरालामाथि आक्रमण हुँदा सरकारी संयन्त्र मौन रहनु प्रजातन्त्रका लागि खतरा भएको भन्दै चिन्ता व्यक्त गरे ।  कांग्रेस काठमाडौँका सभापति कृष्ण बानियाँ (सबुज)ले घटनाको ७७ जिल्लाकै पार्टी समितिले विरोध गरेको बताए । उनले दोषीलाई तत्काल कारवाही गर्न सरकारसँग माग गरे ।

उक्त घट्नाको देशव्यापी रुपमा साङ्केतिक विरोधस्वरुप शनिबार माइतीघर मण्डलामा बिरोध प्रदर्शन गरिने बानियाँले बताए । यस्तै कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले सो घटना लोकतन्त्रमाथिको आक्रमण भएको बताए ।

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार  ८ : १४ बजे

संसदमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका मुद्दाले स्थान पाउनुपर्छ : सभापति सुवेदी

काठमाडौं– प्रतिनिधिसभाअन्तर्गत कानुन, न्याय तथा मानवअधिकार समिति सभापति विमला सुवेदी”ले

यातायात कार्यालय झापाद्वारा एक अर्ब राजस्व सङ्कलन

भद्रपुर– यातायात व्यवस्था कार्यालय झापाले गत आर्थिक वर्ष २०८१/८२ मा

हायु परिवारका सबैको मोबाइल स्विच अफ, वडाध्यक्ष भन्छन्- घटना रहस्यमय छ

सिन्धुली- सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ स्थित भण्डास बिप्पर कटेरीबाट लोपोन्मुख हायु

व्यापक साइबर आक्रमणपछि रुसको एरोफ्लोट एअरलाइनको सेवा अवरुद्ध

काठमाडौं– व्यापक साइबर आक्रमण भएपछि रुसको एरोफ्लोट एअरलाइनको सेवा अवरुद्ध

सभापति देउवाद्वारा थानीको निधनप्रति दुःख व्यक्त

काठमाडौं– नेपाली कांग्रेसका सभापति, संसदीय दलका नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर