बाँके घटनाका दोषीलाई कारवाही गर्न कांग्रेसको माग « Khabarhub

बाँके घटनाका दोषीलाई कारवाही गर्न कांग्रेसको माग


२७ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बाँकेमा बिहीबार पार्टीको कार्यक्रममा भएको सांघातिक हमलाका दोषीलाई तत्काल कारवाही गर्न सरकारसँग माग गरेको छ ।

कांग्रेसले आज पत्रकार सम्मेलन गरी सो घटनालाई गम्भीर रुपमा लिएको र घटनाको विरोधमा विभिन्न कार्यक्रम गर्ने जनाएको छ । बाँकेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं– ३ को प्रदेशसभा ‘ख’को खजुरा गाउँपालिकाको सीतापुरस्थित नेपाल रेडक्रसको हलमा कांग्रेसको कार्यक्रम भइरहँदा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ताले सांघातिक हमला गरेको कांग्रेसले आरोप लगाएको छ ।

आक्रमणबाट कांग्रेस बाँके सभापति किरण कोइरालाको हात भाँचिनुका साथै केही कार्यकर्ता घाइते भएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए । ठूलो घटना हुँदा पनि सुरक्षा निकाय परिचालित नहुनु र स्थानीय प्रशासनसमेत संवेदनशील नहुनुलाई कांग्रेसले सुनियोजित एवम अत्यन्त गम्भीर घटनाको रुपमा लिएको उनले बताए ।

राजनीतिक दलले साङ्गठनिक कार्यक्रम गर्न पाउने संवैधानिक अधिकारमाथि आक्रमण गरिएको कांग्रेसको आरोप छ । बढ्दो महङ्गी, भ्रष्टाचार, महिला हिंसा, बलात्कार, हत्याका विरुद्ध कांग्रेसले गरेको कार्यक्रममा उर्लदो जनलहर र जनसहभागिता देखेर सत्ता पक्षका कार्यकर्ता अत्तालिएको प्रवक्ता शर्माले आरोप लगाए ।

काठमाडौँ, ललितपुर र भक्तपुरका कांग्रेस जिल्ला सभापतिको अगुवाइमा शनिबार गृहमन्त्रीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाइने प्रवक्ता शर्माले जानकारी दिए । पत्रकार सम्मेलनमा कांग्रेस ललितपुरका सभापति मदन आमात्यले जिल्ला सभापति सुरक्षित हुँदैनन् भने सर्वसाधारण कसरी सुरक्षित होलान भनी सरकारसँग प्रश्न गरेका थिए ।

उनले जिल्ला सभापति कोइरालामाथि आक्रमण हुँदा सरकारी संयन्त्र मौन रहनु प्रजातन्त्रका लागि खतरा भएको भन्दै चिन्ता व्यक्त गरे ।  कांग्रेस काठमाडौँका सभापति कृष्ण बानियाँ (सबुज)ले घटनाको ७७ जिल्लाकै पार्टी समितिले विरोध गरेको बताए । उनले दोषीलाई तत्काल कारवाही गर्न सरकारसँग माग गरे ।

उक्त घट्नाको देशव्यापी रुपमा साङ्केतिक विरोधस्वरुप शनिबार माइतीघर मण्डलामा बिरोध प्रदर्शन गरिने बानियाँले बताए । यस्तै कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले सो घटना लोकतन्त्रमाथिको आक्रमण भएको बताए ।

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार  ८ : १४ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर