आइपीएल : सुरुवाती खेलमा परागले राजस्थानको नेतृत्व गर्ने | Khabarhub Khabarhub

आइपीएल : सुरुवाती खेलमा परागले राजस्थानको नेतृत्व गर्ने


८ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


657
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शनिबार सुरु हुने आइपीएलको राजस्थान रोयल्सको सुरुवाती तीन खेलमा रियान परागले नेतृत्व गर्ने भएका छन्। औलाको चोटसँग सङ्घर्ष गरिरहेका नियमित कप्तान सञ्जु सामसन प्रशिक्षणमा उपस्थित भइसकेका छन्।

चिकित्सकले विकेट किपिङ र फिल्डिङका लागि योग्य ठहर गरेपछि मात्र उनले ब्याटिङ गर्ने छन्। राजस्थानमा अर्का विकेटकिपर ब्याट्सम्यान ध्रुव जुरेल भएका कारण उनले इम्प्याक्ट खेलाडीको रूपमा सहभागिता जनाउने छन्। उनी पूर्ण रूपमा फिट भएपछि राजस्थानको नेतृत्व गर्ने छन्।

इङ्गल्यान्डसँगको शृङ्खलाको पाँचौँ टी–२० खेलमा जोफ्रा आर्चरको बलले लागेपछि औलामा चोट पुगेको हो।

परागले पहिलो पटक राजस्थानको नेतृत्व सम्हाल्न आँटेका हुन्। उनी इतिहासका पाँचौँ कान्छा कप्तान हुन्। सन् २०१९ देखि उनी राजस्थानमा छन्। यस सिजन फ्रेन्चाइजले उनलाई १४ करोड भारतीय रुपियाँमा रिटेन गरेको हो। गएको सिजन उनले ५७३ रन प्रहार गरेका थिए। समग्रमा यो तेस्रो धेरै तथा राजस्थानको सबैभन्दा धेरै व्यक्तिगत स्कोर हो।

आइपिएलमा प्रहार गरेको चार अर्धशतककै कारण उनले भारतको राष्ट्रिय टोलीबाट डेब्युको अवसर पाएका थिए।

२३ मार्चमा परागको नेतृत्वमा राजस्थानले पहिलो खेल सनराइजर्स हैदरावादसँग खेल्ने छ। २६ मार्चमा राजस्थानले घरेलु भूमिमा साबिक विजेता कलकत्ता नाइटराइडर्ससँग खेल्ने छ। ३० मार्चमा चेन्नाइ सुपर किङसँग खेल्ने छ

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार  ८ : १३ बजे

विदेशबाट आयात हुने सामग्रीमा ‘नेपाल गुणस्तर चिह्न’ अनिवार्य गरिने

काठमाडौं‍– उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र उद्योग, वाणिज्य तथा

प्रभावकारी बन्दै बिर्तामोडको तरकारी बिक्री केन्द्र

झापा– बिर्तामोड नगरपालिकाले किसानद्वारा उत्पादित तरकारी बजारीकरणका लागि सञ्चालनमा ल्याएको सुपथ

छ सय वर्षपछि विस्फोट भएको ज्वालामुखीका कारण रुसमा ठूलो भूकम्प गएको अनुमान

काठमाडौं– रुसको कामचटकामा रहेको क्राशेनिनिकोभ ज्वालामुखीको रातभरि भएको विस्फोट ६००

‘राजतन्त्र सडेगलेको पाखण्डी सिद्धान्त, ज्ञानेन्द्र शाह राजा नै होइनन्’

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले ज्ञानेन्द्र शाहलाई कुशको राजाको संज्ञा

भारतमा सामाजिक सुरक्षा कार्यक्रममा जोडिने नागरिकको सङ्ख्या उच्च

काठमाडौं– भारतमा सामाजिक सुरक्षा कार्यक्रममा जोडिने नागरिकको सङ्ख्यामा उच्च वृद्धि