काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटन जाँदै रवि | Khabarhub Khabarhub

काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटन जाँदै रवि


८ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज पाटन उच्च अदालत जाँदै छन् ।

उनले स्वर्णलक्ष्मी सहकारीसँग सम्बन्धित मुद्दामा काठमाडौँ जिल्ला अदालतको आदेशविरुद्ध आज पाटन उच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गराउने भएका हुन्।

शुक्रबार ११ बजे अदालत जाने लामिछानेको सचिवालयले जनाएको छ । 

स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा माघ ३ गते काठमाडौं जिल्ला अदालतले ६० लाख रुपैयाँ धरौटी लिएर थुनामुक्त गर्ने आदेश दिएको थियो। 

फौजदारी कार्यविधि संहिताको दफा ६८ बमोजिम धरौटी माग गरिएकोमा चित्त नबुझी सो बेरितको आदेश बदर गरी दफा ६९ बमोजिम साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गरी पाऊँ भनी लामिछानेले दफा ७३ बमोजिम उच्च अदालतमा निवेदन दर्ता गराउन लागेका हुन्।

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार  १० : २० बजे

आज ईदको सार्वजनक बिदा

काठमाडौं – सरकारले इस्लाम धर्मावलम्बीको पर्व ईदका अवसरमा आज सार्वजनिक

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल चैत १८ गते सोमबार चैत

आज २०८१ साल चैत १८ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल चैत १८ गते सोमबार चैत

भाटभटेनीबाट स्याउ र सुन्तला बोकेर हिँडेका व्यक्ति पनि पक्राउ

काठमाडौं – नेपाल प्रहरीले यही शुक्रबार भएको राजावादी आन्दोलनको क्रममा

गणतन्त्र पक्षधरको निष्कर्ष : तीनकुने घटनाको मुख्य जिम्मेवार ज्ञानेन्द्र शाह

काठमाडौं – गणतन्त्र पक्षधर दलहरुले गणतन्त्र र संविधानको रक्षाका लागि