एकै विद्यालयका आठ जुम्ल्याहा विद्यार्थीले एसईई परीक्षा दिँदै | Khabarhub Khabarhub

एकै विद्यालयका आठ जुम्ल्याहा विद्यार्थीले एसईई परीक्षा दिँदै


८ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

सुन्दरहरैँचा– मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयका आठ जना जुम्ल्याहा विद्यार्थीले एसईई परीक्षा दिइरहेका छन् । 

यो विद्यालयबाट कोशी प्रदेशमै सबैभन्दा बढी विद्यार्थीले एसईई परीक्षा दिइरहेका र जसमध्ये आठजना जुम्ल्याहा विद्यार्थीले एकै पटक परीक्षा दिइरहेका सहायक प्रधानाध्यापक राजेन्द्र गिरीले जानकारी दिए  ।

विद्यालयबाट चार वटा परीक्षा केन्द्रमार्फत ६२६ विद्यार्थी परीक्षामा सहभागी छन्, जुन सङ्ख्या एकै प्रदेशमै बढी रहेको विद्यालयको दाबी छ । विसं २०२९ मा स्थापना भएको यस विद्यालयमा २०३९ सालबाट ‘एसएलसी’ परीक्षा दिन सुरु गरिएको थियो । प्रदेशकै नमूना विद्यालयअन्तर्गत गर्ने यस विद्यालयमा +२ सहित हाल चार हजार ५०० विद्यार्थी अध्ययनरत रहेका विद्यालयका प्रधानाध्यापक हिक्मतबहादुर बस्नेतले जानकारी दिए  । 

 कोशी प्रदेशमा ८० हजारभन्दा बढी विद्यार्थीले परीक्षा दिइरहेका छन् ।
 

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार  १ : ५८ बजे

भाटभटेनीबाट स्याउ र सुन्तला बोकेर हिँडेका व्यक्ति पनि पक्राउ

काठमाडौं – नेपाल प्रहरीले यही शुक्रबार भएको राजावादी आन्दोलनको क्रममा

गणतन्त्र पक्षधरको निष्कर्ष : तीनकुने घटनाको मुख्य जिम्मेवार ज्ञानेन्द्र शाह

काठमाडौं – गणतन्त्र पक्षधर दलहरुले गणतन्त्र र संविधानको रक्षाका लागि

गाउँ पसेको पाटेबाघ नियन्त्रणमा

कञ्चनपुर – बेलौरी नगरपालिका–२ टेङ्ढुवा गाउँमा पसेको बयस्क भाले पाटेबाघलाई

लेखक तथा कुटनीतिज्ञ कमल कोइरालाको निधन

काठमाडौं – लेखक तथा कूटनीतिज्ञ कमल कोइरालाको निधन भएको छ

डडेल्धुरामा जिपबाट खसेर एकको मृत्यु

डडेल्धुरा – डडेल्धुराको अमरगढी नगरपालिका–८ डकलेमा जिपबाट खसेर एक महिलाको