सरकारले युवाका आवाज सम्बोधन गर्नुपर्छ : विनोद चौधरी « Khabarhub

सरकारले युवाका आवाज सम्बोधन गर्नुपर्छ : विनोद चौधरी


८ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– प्रतिष्ठित उद्योगपति एवं नेपाली कांग्रेसका नेता विनोद चौधरीले राजनीतिक दल र सरकारले युवाहरूको आकांक्षा सम्बोधन गर्नुपर्ने बताएका छन् । 

शुक्रबार पश्चिम नवलपरासीको परासीमा नेपाली कांग्रेस क्षेत्र नं. २ को क्षेत्रीय सम्मेलनको उद्घाटन कार्यक्रममा उनले युवाहरूको आवाज सुन्नुपर्ने बताएका हुन् । 

उनले भने, ‘८० लाख युवाहरू देश बाहिर छन् । सबैको हात हातमा मोबाइल छ । सामाजिक सञ्जाल सबैको दैनिकी बनेको छ । यो पुस्तामा आशा र आकाङ्क्षाहरू छन्, त्यसको सम्बोधन गर्न जरुरी छ । राजनीतिक दल र सरकारले यी युवाहरूको अपेक्षालाई सम्बोधन गर्न जरुरी छ ।’

पश्चिम नवलपरासीको क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित कांग्रेस केन्द्रीय सदस्य चौधरीले हुलाकी सडक र नारायणगढ बुटवल सडकखण्डको काम छिटो सम्पन्न हुनुपर्नेमा जोड दिए । उनले विकास निर्माणका काममा भइरहेको ढिलाइले पनि जनतामा सरकार र राजनीतिक दलप्रति निराशा बढेको दाबी गरे । 

सांसद चौधरीले कोरोना कालमा बन्द भएका छोटी भन्सार खुलाउन आफूले चार वटा अर्थमन्त्रीसँग कुरा गरे पनि कार्यान्वयन हुन नसकेको गुनासो गरे । 

‘मेरो व्यक्तिगत सम्बन्ध र राजनीतिक सम्बन्धका हिसाबले पछिल्ला चार वटा अर्थमन्त्रीसँग भुजहवा छोटी भन्सार खुलाउनेबारे कुराकानी गरे,’ उनले भने, ‘जनार्दन शर्मा, वर्षामान पुन, प्रकाशशरण महत र विष्णु पौडेल चार जना अर्थमन्त्रीलाई छोटी भन्सार खुलाउनेबारे कुरा गरे । सबैले निर्णय पनि गरे । तर कहाँ गएर रोकिन्छ, थाहा छैन । कोरोनाका बेला बन्द भएको यो भन्सार अझै खुलेको छैन । म आफै अचम्ममा छु ।’

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार  ६ : ०६ बजे

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको