प्रमुख सचेतक घिमिरेबारे मिनेन्द्रको प्रश्न : कांग्रेसले कस्तो व्यक्तिलाई जिम्मेवारी दिएछ ?  | Khabarhub Khabarhub

प्रमुख सचेतक घिमिरेबारे मिनेन्द्रको प्रश्न : कांग्रेसले कस्तो व्यक्तिलाई जिम्मेवारी दिएछ ? 


८ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले संघीय संसद्‍मा पार्टीका प्रमुख सचेतक श्याम घिमिरेबारे प्रश्न उठाएका छन् ।

पार्टीले प्रमुख सचेतक छान्दा ध्यान नदिएको भन्दै घिमिरेको भूमिका र संसद्मा केही दिनअघि गरेको टिप्पणीबारे उनले प्रश्न उठाउका हुन् ।

घिमिरेले ३ चैतमा बसेको प्रतिनिधिसभाको बैठकमा नेपालमा पर्यटकको सङ्ख्या वृद्धि गर्न यौन व्यवसायलाई व्यवसायीकरण गर्नुपर्ने भन्दै विवादित अभिव्यक्ति दिएका थिए ।

कांग्रेस नेता डा. रिजालले शुक्रबार मोरङ–काठमाडौं सम्पर्क समितिले बत्तिसपुतलीमा गरेको कार्यक्रममा घिमिरेको भनाइको विरोध गर्दै यस्तो बताएका हुन् । घिमिरेले विवादित भनाइलाई लिएर यही बुधबारको प्रतिनिधि सभा बैठकमा माफीसमेत मागिसकेका छन् ।

रिजालले कार्यक्रममा भने, ‘सांसदले बोल्न पाइन्छ, तर बोल्दा कसरी बोल्ने विचार पुर्‍याउनुपर्छ । त्यस्ता कुरा त कांग्रेसको प्रमुख सचेतक पदबाट बिदा लिएर बोले हुन्थ्यो नि !’

उनले बोल्ने अनि विरोध भएपछि माफी माग्दै हिँड्ने बाटोमा जान नहुने तर्क पनि गरे । ‘कांग्रेसले कस्तो व्यक्तिलाई प्रमुख सचेतक छानेएको रहेछ ?’, रिजालले गुनासोसहित भने, ‘छानिएको प्रमुख सचेतकले कांग्रेसको काम बलियोसँग सम्पादन गर्न सक्छ कि सक्दैन भनेर नेतृत्वले सोच्नु पर्दैन?  मसँग नजिक छन् भनेर जोगाउने?’

डा. रिजालले नेताहरूले बोल्दा विचार पुर्‍याउनुपर्नेसमेत बताएका छन् । नेतृत्वको नजिक हुँदैमा जोगाउने चलन ठिक नभएको तर्क रिजालले कार्यक्रममा गरेका छन् ।

गत चैत ३ को प्रतिनिधिसभामा समय लिएर बोल्दै घिमिरेले संसारमा सबैभन्दा बढी पर्यटक मनोरञ्जन क्षेत्रको हुने भन्दै देशको आर्थिक विकासका लागि यौन व्यवसायलाई व्यवसायीकरण गर्नुपर्ने बताएका थिए ।

‘निश्चित ठाउँहरू तोकेर मदिराका लागि छुट्टै, मनोरञ्जनका लागि छुट्टै, यौन व्यवसायलाई पनि व्यवसायीकरण गरौँ, जसले यो मुलुकमा पर्यटकको संख्यालाई बढाउँछ, धार्मिक पर्यटकहरूले खर्च कम गर्छन्’, उनले भनेका थिए, ‘एडभेञ्चरको पर्यटक थोरै मात्रामा हुन्छन्, सबैभन्दा बढी पर्यटक संसारमै हुने भनेको मनोरञ्जनका पर्यटक हो, त्यसलाई आकर्षण गर्न सकियो भने यो मुलुकको आर्थिक विकास हुन्छ, त्यो कुरा उठाइदिएको भए क्या काइदा हुने थियो विपक्षले ।’

त्यसपछि फागुन ६ मा उनले संसद्मै माफी मागे । उक्त विवादित भनाइ आफूले प्रतिनिधित्व गरेको कांग्रेस  र संसदीय दलको नभएको बताएका उनले त्यसलाई आफ्नो व्यक्तिगत धारणा भएको स्पष्ट पारेका थिए । ।

‘मेरा विचारले ‘सम्मानित संसद्का सदस्य र अन्य जनसमुदायमा केही नकारात्मक प्रभाव परेको भए उहाँहरूको सम्मान गर्दै क्षमा याचना गर्न चाहन्छु’, सांसद घिमिरेले भनेका थिए ।

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार  ६ : २८ बजे

आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन

काठमाडौं– काठमाडौँ महानगरपालिकाको उपप्रमुख सुनिता डङ्गोलले आफ्नै उत्पादनसँग बजारीकरण र

सगरमाथा संवादको उद्घाटन गर्दै प्रधानमन्त्री ओली : सोल्टी होटेलमा विशेष कार्यक्रम

काठमाडौं – शुक्रबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सगरमाथा संवाद’

‘आतङ्कवादी आक्रमणमा परेका नेपालीका परिवारलाई सहयोग गर्छौं’

काठमाडौं– नेपालका लागि इजरायलका राजदूत श्मुलिक ए बासले आतङ्वादी आक्रमणमा

माझफाँट-लेकफाँट सडक कालोपत्र

म्याग्दी– जिल्लाको माझफाँट–लेकफाँट हुँदै अन्नपूर्ण गाउँपालिका–८ नागी–राम्चे जोड्ने सडक योजनाको

जलजलाको आफ्नै भवनबाट कार्यालय सञ्चालन

म्याग्दी– सदरमुकाम बेनीबजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले आफ्नै भवनबाट कार्यालय