नाउपा बैठक : पहिलो दिन २० केन्द्रीय सदस्यले बोले, बहुमत जनमतसँग एकताको पक्षमा   « Khabarhub

नाउपा बैठक : पहिलो दिन २० केन्द्रीय सदस्यले बोले, बहुमत जनमतसँग एकताको पक्षमा  


८ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


411
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय कार्यसमिति बैठकको पहिलो दिनमा २० जना केन्द्रीय सदस्यले धारणा राखेका छन् । १ सय जना केन्द्रीय सदस्यले धारणा राख्ने र निर्णयमा पुग्ने उक्त बैठक उद्घाटन सत्रपछि २० जनाले धारणा राखेर आजको बैठक सकिएको छ । बैठक भोलि पुनः जारी रहने सांसद गंगाराम चौधरीको भनाइ छ । 

चौधरीका अनुसार डा. सीके राउत नेतृत्वको जनमत पार्टीसँग एकताका लागि २० सदस्यमध्ये १५ भन्दा बढीले एकताको पक्षमा धारणा राखेका छन् । 

‘अध्यक्ष ज्यू पनि एकताको विपक्षमा हुनुहुन्छ जस्तो लाग्दैन । आज पनि १५ जनाभन्दा धेरै सदस्यले एकताको पक्षमा बोल्नुभयो ।’ चौधरीले खबरहबलाई भने, ‘भोलिको बैठकमा थप सदस्यले बोलेपछि निर्णय हुन्छ ।’ 

नाउपा संरक्षक रेशम चौधरी एकताको पक्षमा रहे पनि अध्यक्ष रन्जिता श्रेष्ठ त्यसको पक्षमा नभएको देखिएको थियो । तर केन्द्रीय समितिमा बहुमत सदस्यले निर्णय गर्ने भन्दै बैठक डाकिएको हो । 

दुई दिनसम्म चल्ने बैठकमा नागरिक उन्मुक्तिका संस्थापक एवम् संरक्षक रेशम चौधरी पनि सहभागी छन् । 

बैठकले नाउपाले जनमत अध्यक्षमा डा।राउतलाई नै स्विकार्दै जाने या नजाने भन्ने पनि निर्णय गर्ने छ । 

उता जनमतले भने यसअघि नै नाउपासँग एकतामा जाने निर्णय गरिसकेको छ ।

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार  ७ : ०२ बजे

सामग्री निर्वाचन अधिकृतको कार्यालयमा पठाइयो

नेपालगन्ज– बाँकेका तीनै निर्वाचन क्षेत्रमा मतपेटीकासहित सम्पूर्ण निर्वाचन सामग्री निर्वाचन

बाँकेका सीमा नाका तीनदिन बन्द हुने 

काठमाडौं– प्रतिनिधिसभा सदस्य २०८२ को निर्वाचनका लागि बाँकेका सीमा नाका

दुबई एयरपोर्टमा फेरि विस्फोट, कम्तीमा चारजना घाइते, यात्रुबीच भागदौड

यूएई- संयुक्त अरब इमिरेट्सको दुबईमा फेरि विस्फोट भएको समाचार आएको

निर्वाचन आचारसंहिताको पालना गर्न मानव अधिकार आयोगको आग्रह

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले आसन्न निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र

निर्वाचनमा धाँधली हुन नदिने सेनाको आश्वासन, भन्यो : मतपेटिका सबैको रोहबरमा ओसार्छौँ

काठमाडौं- नेपाली सेनाले एकीकृत सुरक्षा योजना अनुसार सम्बद्ध निकायसँग समन्वय