एएफसी च्याम्पियनको छनोटमा आज नेपाल र जोर्डन भिड्दै « Khabarhub

एएफसी च्याम्पियनको छनोटमा आज नेपाल र जोर्डन भिड्दै


२८ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जोर्डनमा सञ्चालित एएफसी यू–१६ च्याम्पियनसिप छनोट प्रतियोगितामा नेपाल र आयोजक जोर्डन भिड्दैछन् । नेपालका लागि आज (शनिबार)को खेल पहिलो हो । नेपालले आफ्नो पहिलो खेलमै प्रतिबद्वन्द्वीका रुपमा बलियो टोली जोर्डनलाई पाएको छ ।

अम्मानको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रंगशालाबाट जितका साथ निस्कन नेपालका लागि कम चुनौतीपूर्ण छैन । किनकि, तुलनात्मक रुपमा जोर्डन नेपालभन्दा निकै अब्बल मानिन्छ । जोर्डनलाई बराबरीमै रोक्न सके पनि नेपालका लागि उपलब्धि मानिने छ ।

नेपाली टिमका प्रशिक्षक सुनिल श्रेष्ठ पनि जोर्डनलाई बराबरीमा रोक्ने रणनीति नै टिमले अवलम्बन गर्ने बताउँछन् । ‘पहिलो कुरा हामी उनीहरुकै मैदानमा खेल्दैछौं,’ प्रशिक्षक श्रेष्ठले भने, ‘त्यसै पनि जोर्डन निकै बलियो प्रतिद्वन्द्वी हो, त्यसैले हाम्रो प्राथमिक रणनीति भनेको उसलाई बराबरीमा रोक्नु नै हो ।’

नेपाल हालैमात्र भारतमा सम्पन्न साफ यू–१५ च्याम्पियनसिपमा उपविजेता बनेको थियो । तर, टिमलाई उपविजेता बनाउँदा कप्तानको भूमिका निभाएका प्रदीप लम्सालसहित अन्य दुई खेलाडी असिम राई र इश्वर गुरुङले जोर्डनसँगको खेल गुमाएका छन् । एमआरआईबाट उमेर बढी भएको रिपोर्ट आएपछि उनीहरु जोर्डन जानबाट रोकिएका हुन् ।

नेपाल र जोर्डनले प्रतिस्पर्धा गर्ने मैदान

तस्वीर : कीर्तन श्रेष्ठ

प्रकाशित मिति : २८ भाद्र २०७६, शनिबार  ९ : १८ बजे

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज

जसपा नेपालले माघ ५ गते ‘बलिदानी दिवस’ मनाउने

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले माघ ५ गते सबै संसदीय