कोलकातालाई हराउँदै बैंगलुरुको विजयी सुरुवात | Khabarhub Khabarhub

कोलकातालाई हराउँदै बैंगलुरुको विजयी सुरुवात


९ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा रोयल च्यालेन्जर्स बैंगलुरुले विजयी सुरुवात गरेको छ ।

शनिबार भएको उद्घाटन खेलमा कोलकाता नाइट राइडर्सलाई ७ विकेटले हराउँदै बैंगलुरुले विजयी सुरुवात गरेको हो । कोलकाताले दिएको १७५ रनको लक्ष्य बैंगलुरुले १६.२ ओभरमा ३ विकेट गुमाए पूरा गर्यो ।

बैंगलुरुका लागि विराट कोहली र फिल साल्टले अर्धशतक प्रहार गरे । ३६ बलको सामना गरेका कोहलीले ३ छक्का र ४ चौकासहित ५९ रन बनाए । त्यस्तै साल्टले ३१ बलमा ९ चौका र २ छक्कासहित ५६ रनको योगदान दिए । कप्तान रजत पाटीदारले १६ बलमा ३४ रन बनाए ।

बलिङतर्फ कोलकाताका वैभव अरोरा,वरुण चक्रवर्ती, सुनिल नारायणले एक एक विकेट लिए ।

त्यसअघि कोलकोतास्थित इडन गार्डेन क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको कोलकाता निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७४ रन बनाएको थियो ।

कोलकोताका लागि कप्तान अजिंक्य रहानेले ५६ रनको अर्धशतकीय पारी खेले। यस्तै सुनिल नारायणले ४४ रन बनाए । अंगक्रिस रघुवंशीले ३० रन बनाए। त्यस्तै रिंकु सिंहले १२ रन बनाउँदा ओपनर क्विन्टन डी कक ४ रनमा आउट भए ।

बैंगलुरुका लागि कुर्नाल पाण्ड्यले तीन विकेट लिए । चार ओभर बलिङ गरेको कुर्नालले २९ रन खर्चिए । यस्तै जोश हेजलवुड दुई विकेट लिए।

प्रकाशित मिति : ९ चैत्र २०८१, शनिबार  ११ : १४ बजे

प्रधानमन्त्रीसँग नेपालका लागि थाइल्याण्डका राजदूतको भेट

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि थाइल्याण्डका राजदूत सुवापोङ

ग्लोबल मनी वीकमा एनएमबि बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं– एनएमबि बैंकले ‘ग्लोबल मनी वीक- २०२५’ को उपलक्ष्यमा देशभर

प्राधिकरणको डिजिटल बोर्डमा प्रधानमन्त्रीबारे अपशब्द, प्रशासनले थाल्यो छानबिन

चितवन- नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रको डिजिटल बोर्डमा प्रधानमन्त्री

कृषि विकास बैंक कर्मचारी संघमा छगेन्द्र आचार्य 

पोखरा– कृषि विकास बैंक कर्मचारी संघ नेपालको अध्यक्षमा छगेन्द्र आचार्य

गण्डकी प्रदेश सभाबाट सार्वजनिक सडक विधेयक पारित

पोखरा– गण्डकी प्रदेश सभाबाट सार्वजनिक सडक निर्माण विस्तार तथा मर्मत