पिएम कपमा आज तीन खेल : लुम्बिनी र आर्मी, एपिएफ र गण्डकी, कोशी र सुदूरपश्चिम भिड्दै « Khabarhub

पिएम कपमा आज तीन खेल : लुम्बिनी र आर्मी, एपिएफ र गण्डकी, कोशी र सुदूरपश्चिम भिड्दै


१० चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आइतबार तीन खेल हुँदैछन्।

आइतबार लुम्बिनी प्रदेश र आर्मी, एपिएफ र गण्डकी प्रदेश, कोशी र सुदूरपश्चिम प्रदेशले प्रतिस्पर्धा गर्दैछन्। तीन वटै खेल बिहान ९ बजे सुरु हुने छन्।

आर्मी र लुम्बिनीको खेल सिद्धार्थनगर क्रिकेट स्टेडियममा हुँदैछ भने एपिएफ र गण्डकीको खेल ओभर क्रिकेट मैदानमा हुँदैछ। कोशी र सुदूरपश्चिम प्रदेशको खेल देउखुरी क्रिकेट मैदानमा हुनेछ।

सात खेलमा एक खेल गुमाएको आर्मी १२ अंकसहित तालिकाको दोस्रो स्थानमा छ भने सातमा तीन खेल गुमाएको लुम्बिनीको आठ अंक छ। ६ खेल मात्र खेलेको एपिएफले दुई खेल गुमाएर आठ अंक जोडेको छ। एपिएफ तालिकाको तेस्रो स्थानमा छ।

सात खेलमा एउटा मात्र जित निकालेको कोशी प्रदेश तालिकाको पुछारमा छ भने सातमा दुई खेल मात्र जितेको सुदूरपश्चिम चार अंकसहित सातौं स्थानमा छ।

नेपाल पुलिस क्लब अपराजित रहँदै सात खेलमा १४ अंक जोडेर शीर्ष स्थानमा छ भने सातमा चार खेले जितेको कर्णालीले आठ अंक बनाएको छ।

प्रकाशित मिति : १० चैत्र २०८१, आइतबार  ८ : ४१ बजे

हर्मुज मार्ग पुनः खुल्ने संकेत

तेहरान– अमेरिका–इरान सम्झौतापछि विश्वको सबैभन्दा महत्त्वपूर्ण तेल ढुवानी मार्ग हर्मुजको

विशुखर्कमा दुई सयभन्दा बढीले लिए निःशुल्क स्वास्थ्य सेवा

तम्घास– स्थानीय चन्द्रकोट गाउँपालिका–२ विशुखर्कमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट २०४

अचार बनाएर उद्यमी बन्ने अभियानमा महिला

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–३ की पार्वतीदेवी डगौराले घरबारी र बगैँचामा फल्ने

ढुङ्गा बोकेर अर्थतन्त्र सुध्रिदै

नेपालको समकालीन राजनीतिक इतिहासमा विसं २०७९ को स्थानीय निर्वाचन एउटा

राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई