आज २०८१ साल चैत ११ गते सोमबारको राशिफल « Khabarhub

आज २०८१ साल चैत ११ गते सोमबारको राशिफल


११ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल चैत ११ गते सोमबार चैत कृष्ण पक्षको दशमी तिथि। तदनुसार सन् २०२५ मार्च २४ तारिख। विश्व क्षय रोग दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य छ। श्रमको फल प्राप्त हुनेछ। व्यापारमा फाइदा हुनेछ। साथीभाइबाट असहयोग हुने भएकाले व्यवहार गर्दा सचेत बन्नु उचित हुनेछ। शिक्षाको लगानीबाट फाइदा हुनेछ।

वृष : दिन राम्रो छ। बोलीको प्रभावले काम बन्नेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ। परिवारमा मेलमिलाप हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : मन अशान्त बन्दा व्यवहार बिग्रिने जोखिम छ। मन शान्त बनाएर अगाडि बढ्नुपर्ने दिन छ। परिवारसँगको सुझाव लिएर अगाडि बढेमा दिन सहज बन्नेछ। शिक्षा र स्वास्थ्यको क्षेत्रमा प्रगति हुनेछ।

कर्कट : मनमा चिन्ता र त्रास बढ्नेछ। राजनीतिक क्षेत्रमा राज्यले निगरानी राख्नेछ। रोगले सताउने जोखिम छ। परिवारको साथ र सहयोगमा अगाडि बढ्नुपर्ने समय छ। राजनीतिक क्षेत्रमा अन्तरघात हुने जोखिम छ।

सिंह : यात्रामा जोखिम हुनेछ। बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। परिवारसँगको सम्बन्ध सफल बन्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनसक्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कन्या : परिवारमा असन्तुष्टि बढ्नेछ। प्रेममा खटपटी हुनेछ। धार्मिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। राज्यको तर्फबाट असहयोग हुने खतरा छ। प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ।

तुला : जोगिएर काम गर्नुपर्ने दिन छ। घाटा हुने भएकाले व्यापारमा ठुलो लगानी नगर्नु राम्रो हुन्छ। शिक्षामा मिहिनेतको खाँचो देखिन्छ। श्रमको फल प्राप्त हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

वृश्चिक : दिन राम्रो छ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। तपाईंको प्रतिभाको प्रदर्शन गर्ने समय आएको छ।

धनु : दिन राम्रो छ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ। साथीले तपाईंको प्रशंसा गर्नेछन्। विपक्षीको साथ मिल्नेछ। योजना दीर्घकालसम्म रहने भएकाले निर्णय गर्नु अगाडि सोच्नु राम्रो हुनेछ।

मकर : दिन राम्रो छ। परिवारसँग रमाइलो गर्ने अवसर मिल्नेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा नाफा हुनेछ। व्यापारमा फाइदा हुने योग छ।

कुम्भ : महत्त्वपूर्ण काममा अवरोध सिर्जना हुनेछ। व्यापारमा सहकार्य भइरहेका साथीसँग जोगिएर काम गर्नुपर्नेछ। सञ्चित धन खर्च हुनेछ। शिक्षामा मिहिनेतको खाँचो छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नुपर्नेछ।

मीन : दिन सामान्य छ। बोलीमा सुधार गरेर अगाडि बढ्नु उचित हुनेछ। प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। घर व्यवहार सहज ढंगले अगाडि बढ्नेछ।

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार  ५ : ०१ बजे

भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता

नयाँदिल्ली–  विश्वव्यापी व्यापारमा बढ्दो अनिश्चितता र अमेरिकाले लगाएको उच्च आयात शुल्कको

नेपाल-कम्बोडिया अन्तरराष्ट्रय व्यापार सम्मेलन घोषणा

काठमाडौं– नेपाल–कम्बोडियाबीच व्यापार, लगानी तथा सांस्कृतिक सहकार्यलाई सुदृढ गर्ने उद्देश्यले

चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ ।

झुटो विवरणबाट नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौं– झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानी

तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छ : अर्थमन्त्री खनाल

पाटन– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले पछिल्लो तीन महिनामा मुलुकको अर्थतन्त्र चलायमान