चन्द्रागिरीमा हाइस दुर्घटना एक जनाको मृत्यु | Khabarhub Khabarhub

चन्द्रागिरीमा हाइस दुर्घटना एक जनाको मृत्यु


११ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चन्द्रागिरी नगरपालिका-२ नागाढुङ्गा ढलानस्थित सडकमा हाइस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको ग१ख ५५४६ नम्बरको हाइस अनियन्त्रित भई आइतबार साँझ दुर्घटना भएको हो। दुर्घटनामा करिब २५ वर्षीया सबिना गुरूङको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो। उनको ठेगाना खुलिसकेको छैन। दुर्घटनामा घाइते भएका हाइसमा सवार दुई जनाको राष्ट्रिय ट्रमा सेन्टरमा र एकजनाको अन्नपूर्ण न्युरो अस्पताल माइतीघरमा उपचार भइरहेको छ।

 हाइस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार  १ : २३ बजे

इन्डोनेसियामा डुङ्गा डुब्दा छ जना बेपत्ता

जकार्ता – इन्डोनेसियाको पूर्वी कालिमान्टन प्रान्तमा १४ जना माझी बोकेको

सगरमाथा आधार शिविरबाट फर्किनेक्रममा लडेर विदेशी पर्यटक घाइते

सोलुखुम्बु । सगरमाथा आधार शिविरबाट फर्किनेक्रममा लडेर एक विदेशी पर्यटक

पर्यटक बढेपछि बागलुङका व्यवसायी उत्साहित

गलकोट (बागलुङ)- चाडपर्वको समयमा यसपटक पर्यटकको रोजाइमा बागलुङ पनि परेको

तोकिएको मितिमै निर्वाचन हुनुपर्छः उपसभापति अर्याल

रुपन्देही – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले तोकिएको

सुदूरपश्चिम रोयल्सको एपरेल पार्टनरमा डीआरजे

काठमाडौं- डीआरजे नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सको आधिकारिक