चौतारीमा उम्मेदवारी रोक्न तोकियो चर्को शुल्क : अध्यक्षको ३५ हजार, अरू पदाधिकारीको २५ हजार « Khabarhub

चौतारीमा उम्मेदवारी रोक्न तोकियो चर्को शुल्क : अध्यक्षको ३५ हजार, अरू पदाधिकारीको २५ हजार


११ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


480
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारूढ नेकपा एमालेको भ्रातृ संगठन प्रेस चौतारी नेपालको केन्द्रीय नेतृत्वका आकांक्षीहरूका लागि चर्को मनोनयन शुल्क तोकिएको छ । 

निर्वाचन आयोगले सूचना प्रकाशित गरेर केन्द्रीय अध्यक्षदेखि सदस्यसम्मका आकांक्षी उम्मेदवारहरूको मनोनयनका चर्को शुल्क तोकेको हो । सूचनाअनुसार अध्यक्षका लागि ३५ हजार रुपैयाँ मनोनयन शुल्क राखिएको छ । यस्तै पदाधिकारीका लागि २५ हजार र आयोग अध्यक्षका लागि १५ हजार तोकिएको छ ।  

निर्वाचन आयोगका अध्यक्ष गणेश खनालद्वारा हस्ताक्षरित सूचनामा केन्द्रीय सदस्य, आयोगका पदाधिकारी तथा आयोग सदस्यका लागि १० हजार रुपैयाँ मनोनयन शुल्क तोकिएको उल्लेख छ । 

प्रेस चौतारीको १० औँ महाधिवेशन मोरङको विराटनगरमा जारी छ ।

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार  ४ : ०८ बजे

भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते आएको

न्युजिल्यान्डलाई नेपाल ‘ए’ले दियो २१२ रनको लक्ष्य

काठमाडौँ – अष्ट्रेलियामा जारी शृङ्खलाको अन्तिम एकदिवसीय खेलमा नेपाल ‘ए’

एसिसी प्रिमियर कप : साउदीले नेपाललाई दियो १९१ रनको चुनौती

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत आइतबार

वैकल्पिक मार्गबाट काठमाडौँ आइपुग्यो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई