अमेरिकाद्वारा बङ्गलादेशमा अल्पसङ्ख्यक समुदायविरुद्ध जारी हिंसाको निन्दा « Khabarhub

अमेरिकाद्वारा बङ्गलादेशमा अल्पसङ्ख्यक समुदायविरुद्ध जारी हिंसाको निन्दा


११ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकी विदेश मन्त्रालयले बङ्गलादेशमा अल्पसङ्ख्यक समुदायका विरुद्ध भइरहेको हिंसाको निन्दा गरेको छ । अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ता टेमी ब्रुसले बंगलादेशमा अल्पसङ्ख्यक समुदायका विरुद्ध भइरहेका हिंसाको निन्दा गरेकी हुन् ।

बङ्गलादेशमा जारी हिंसाबारे टिप्पणी गर्दै प्रवक्ता ब्रुसले भनिन् ‘हामी कुनै पनि मुलुकमा अल्पसङ्ख्यक समुदायका सदस्यलाई लक्षित गरी हुने कुनै किसिमका हिंसा वा असहिष्णुताको निन्दा गर्छौँ ।’ 

उनले बङ्गलादेशको अन्तरिम सरकारले सबै जनताको सुरक्षाको प्रत्याभूति गर्न चालेको कदमको स्वागत गरेको पनि उल्लेख गरिन् ।

भारतीय समाचार संस्था एएनआईका अनुसार उनले बङ्गलादेशमा विकसित घटनाक्रमलाई अमेरिकाले नजिकबाट नियालिरहेको समेत टिप्पणी गरिन् । केही महिनाअघि विशाल आन्दोलनका कारण बङलादेशमा प्रधानमन्त्री शेख हसिनाको पद त्यागेपछि धार्मिक अल्पसङ्ख्यक खासगरी हिन्दु धर्मावलम्बीलाई लक्षित गरी हिंसाका घटना बढिरहेको बताइएको छ ।

त्यसअघि अमेरिकी राष्ट्रिय गुप्तचर निर्देशक तुलसी गबार्डले पनि बङ्गलादेशमा इस्लामिक अतिवादको निन्दा गरेकी थिइन् । गबार्डले गरेको टिप्पणीको बङ्गलादेशको अन्तरिम सरकारले निन्दा गरेको थियो ।

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार  ४ : १२ बजे

जसपा नेपाल र स्वाधीन मधेश जनअभियानबीच कार्यगत एकता घोषणा

काठमाडौं– जनता समाजवादी पार्टी, नेपाल र स्वाधीन मधेश जनअभियानबीच कार्यगत

बयान दिन रमेश लेखकलाई कांग्रेस नेताहरूको सुझाव

काठमाडौं – नेपाली कांग्रेसका नेताहरूले पूर्वगृहमन्त्री रमेश लेखकलाई बयान दिन

अवैध लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

मोरङ– विराटनगर महानगरपालिका-१५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ

नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान

काठमाडौं– प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका साथ

कांग्रेसले प्रदेश सभाको बन्दसूचीका १९ जनाको नाम हटाउने

काठमाडौं– नेपाली काङ्ग्रेसले २०७९ को निर्वाचनमा विभिन्न प्रदेशसभाको समानुपातिक प्रणालीको