टीआरसीमाथि छलफल गर्न शीर्ष नेताहरू सिंहदरबारमा  « Khabarhub

टीआरसीमाथि छलफल गर्न शीर्ष नेताहरू सिंहदरबारमा 


१० चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सङ्क्रमणकालीन न्याय (टीआरसी) सँग सम्बन्धित विषयमा छलफल गर्न प्रमुख तीन दलका शीर्ष नेताहरूबीच छलफल सुरु भएको छ।

 सत्ता साझेदार दुई दल नेपाली कांग्रेस, नेकपा एमाले र प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूबीच सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा छलफल हुन लागेको हो । 

प्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफलका लागि सत्ता साझेदार कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिंहदरबार पुगेका छन् । 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने छलफलमा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषयसँगै समसामयिक राजनीतिक विषयमा पनि कुराकानी हुन सक्ने अनुमान गरिएको छ ।

शीर्ष नेताहरूको बैठकमा सत्तारुढ एमालेका तर्फबाट प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेल, कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, माओवादीका तर्फबाट शक्ति बस्नेत र खिमलाल देवकोटा पनि सहभागी छन् ।

सत्ता साझेदार दलका नेतृत्वसँगको छलफलअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतलनिवास पुगेका थिए ।

प्रकाशित मिति : १० चैत्र २०८१, सोमबार  ४ : ५० बजे

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार

कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर

सप्तरी– मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री