प्रधानमन्त्री कप क्रिकेट : बागमतीद्वारा कर्णाली पराजित « Khabarhub

प्रधानमन्त्री कप क्रिकेट : बागमतीद्वारा कर्णाली पराजित


११ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले कर्णाली प्रदेशलाई पराजित गरेको छ ।  

दाङ लमहीको देउखुरी क्रिकेट मैदानमा सोमबार भएको खेलमा बागमतीले कर्णालीलाई ९ विकेटले‌ पराजित गरेको हो ।

कर्णाली प्रदेशले दिएको  ५९ रनको लक्ष्य बागमतीले ६.३ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्‍यो । त्यसअघि टस जितेर ब्याटिङ गरेको कर्णालीले १९ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ५८ रन मात्र बनायो ।  दुवै टोली फाइनल दौडबाट बाहिरिइसकेका छन् ।

त्यस्तै प्रतियोगिता अन्तर्गत रुपन्देहीको एक्स्ट्रा टेक ओभल स्टेडियममा भएको खेलमा लुम्बिनी प्रदेशलाई ७ विकेटले हराउँदै एपिएफले फाइनलमा पुग्ने सम्भावनालाई कायमै राखेको छ । 

जितको लागि २ सय २४ रनको लक्ष्य पछ्याएको एपिएफले ४१  दशमलव ५ओभरमा ३ विकेटको नोक्सानीमा लक्ष्य पूरा गर्‍यो । त्यसअघि  टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी प्रदेशले ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय २३ रन बनाएको थियो ।

त्यस्तै रुपन्देहीको सिद्धार्थ रंगशालामा गण्डकी प्रदेश र मधेश प्रदेशबीचको खेल टाइ भएको छ । जितको लागि २ सय ४७ रनको लक्ष्य पछ्याएको गण्डकी १ बल बाकी छँदा अल आउट हुँदै २ सय ४६ रन समेटियो । 

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ५० ओभरमा ७ विकेटको नोक्सानीमा २ सय ४६ रनको योगफल खडा गर्‍यो । खेल टाइ भएपछि सुपर ओभर खेलाइएको थियो । सुपर ओभरमा गण्डकी प्रदेशले मधेश प्रदेशलाई पराजित गर्‍यो । 

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार  ५ : ५९ बजे

राजावादीमा निरन्तर फुट : तीन पूर्वअध्यक्षसहितले बहिष्कार गरे राप्रपा केन्द्रीय समिति बैठक

काठमाडौं- धवल शमशेर जबरा नयाँ पार्टी खोल्न गएयता राष्ट्रिय प्रजातन्त्र

ब्राजिललाई स्तब्ध बनाउन सक्ला हाइटीले ?

काठमाडौं– शनिबार हुन लागेका खेलहरूले उत्तर अमेरिकामा जारी विश्वकप अन्तर्त

चलचित्र उद्योगले नेपालको आर्थिक विकासमा थप योगदान पुर्‍याउन सक्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली चलचित्र उद्योगले नेपालको आर्थिक विकासमा

निःशुल्क उपचारको विवरण सार्वजनिक गर्न सबै अस्पताललाई सरकारको निर्देशन

काठमाडौं– सरकारले देशभरका सरकारी, निजी तथा सामुदायिक अस्पतालहरूलाई विपन्न, असहाय

केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड सम्पन्न, उत्कृष्ट शैक्षिक संस्था र व्यक्तित्वलाई सम्मान

काठमाडौं- केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिको आयोजनामा ‘चौथो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स