सन्तोषी महत मृत्यु प्रकरण : आत्महत्या दुरुत्साहन अभियोगमा दुई जना पुर्पक्षका लागि थुनामा | Khabarhub Khabarhub

सन्तोषी महत मृत्यु प्रकरण : आत्महत्या दुरुत्साहन अभियोगमा दुई जना पुर्पक्षका लागि थुनामा


१२ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

पोखरा– सशस्त्र प्रहरीको हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय, लामापाटन पोखरामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक सन्तोषी महतको मृत्यु प्रकरणमा सशस्त्र प्रहरीकै दुई जना पुर्पक्षका लागि थुनामा परेका छन् । आत्महत्या दुरुत्साहनको आरोपमा सशस्त्र प्रहरी निरीक्षक विवेक जोशी र हबल्दार रेशमबहादुर शाहीलाई थुनामा पठाइएको हो ।

कास्की जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलासले सोमबार उक्त आदेश जारी गरेको हो । महत गत फागुन १० गते राति तालिम शिक्षालयको परिसरमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । उनको मृत्यु शंकास्पद रहेको भन्दै परिवारले फागुन ११ गते नै जिल्ला प्रहरी कार्यालय, कास्कीमा किटानी जाहेरी दिएका थिए । जाहेरीपछि निरीक्षक जोशी पक्राउ परेका थिए भने अनुसन्धानकै क्रममा चैत ६ गते हबल्दार शाहीलाई पनि नियन्त्रणमा लिइएको थियो ।

महत र जोशीबीच प्रेम सम्बन्ध रहेको कुरा परिवारले जनाएको छ । घटनाबारे अनुसन्धान सकेर प्रहरीले चैत ८ गते जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीमा प्रतिवेदन बुझाएको थियो । सरकारी वकिलको कार्यालयले मुलुकी अपराध संहिताको दफा १८५ बमोजिम मागदाबी गर्दै चैत ९ गते अदालतमा अभियोगपत्र दर्ता गराएको थियो । सोही आधारमा सोमबार अदालतले उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

मुलुकी अपराध संहिताअनुसार आत्महत्या गर्न दुरुत्साहन दिने कार्यमा संलग्न व्यक्तिलाई ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।

यस घटनाको अनुसन्धानका लागि सशस्त्र प्रहरी बल प्रधान कार्यालयले डीआईजी लक्ष्मण सिंहको नेतृत्वमा विशेष छानबिन समिति गठन गरेको छ । महतले २०७२ सालमा सशस्त्र प्रहरी सेवामा सिपाहीका रूपमा प्रवेश गरेकी थिइन् । २०७८ मा असईमा पदोन्नति भएकी महतले यही वर्ष निरीक्षक पदमा उतिर्ण भई पोखरामा तालिम गरिरहेकी थिइन् ।

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  १२ : ४३ बजे

यातायात र सडक विभाग भवनको आगो निभाइँदै

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका सडक विभाग र यातायात विभागको

राजपुर–सलेना सडक स्तरोन्नति तीव्र

गोदावरी– धनगढी–खुटिया–विपीनगर–दीपायल द्रुतमार्गअन्तर्गत पर्ने राजपुर–सलेना सडक स्तरोन्नतिको काम तीव्र गतिमा

सुशीला कार्कीविरुद्ध खनिँदै सूर्य थापाले लेखे – वडासदस्य जित्ने हैसियत छैन

काठमाडौँ – जेन-जी आन्दोलनपछि सत्ताच्यूत भएको नेकपा (एमाले) का सांसद

इजरायली आक्रमणपछि कतारसँग अरब–इस्लामिक ऐक्यबद्धता, संयुक्त राष्ट्रसङ्घमा आपत्कालीन बैठक

न्युयोर्क– सेप्टेम्बर ९ मा दोहामा हमास वार्ता प्रतिनिधिमण्डल आवासलाई लक्षित

आन्दोलनमा क्षतीको सीसा–हानिकारक फोहर काठमाडौं महानगरले छुट्टै संकलन गर्ने 

काठमाडौं– काठमाडौं महानगरपालिका क्षेत्रभित्र जेनजि आन्दोलनका क्रममा ध्वस्त भएका संरचनाबाट