पथरीमा डढेलो नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रम « Khabarhub

पथरीमा डढेलो नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रम


१२ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

पथरी– सामुदायिक वन उपभोक्ता महासंघ पथरी-शनिश्चरेको आयोजनामा वन डढेलो नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रम सोमबार सम्पन्न भएको छ।

वन डढेलो तथा आगलागी नियन्त्रण गर्ने उद्देश्यले सञ्चालित सप्ताहव्यापी कार्यक्रमलाई सोमबार शान्ति सामुदायिक वनमा एक कार्यक्रमको आयोजना गरी सम्पन्न गरिएको हो।

कार्यक्रममा वन डढेलोका घटना रोक्ने उद्देश्यले पथरी-शनिश्चरे-१० मा रहेको मनकामना सामुदायिक वनबाट र्‍याली निकालिएको थियो।

विभिन्न प्लेकार्डसहित निस्किएको र्‍यालीले बजार परिक्रमा गरी शान्ति सामुदायिक वनको पर्यटकीयस्थल शान्ति भुल्के सिमसारमा पुगेर कोणसभा गरेको थियो।

कार्यक्रममा बोल्दै सामुदायिक वन उपभोक्ता महासंघ मोरङका कार्यवाहक अध्यक्ष मदन पोखरेलले अबको मौसममा डढेलो तथा आगलागीका घट्ना बढ्ने हुनाले सजग हुनका साथै त्यस्ता घटना रोक्नका लागि सबैले हातेमालो गर्नुपर्ने बताए।

त्यस्तै, उक्त कार्यक्रमलाई सम्बोधन गर्दै फेकोफन प्रदेश सचिवालय सदस्य अग्नि पौडेलले वन डढेलो रोकथामका लागि स्थानीय उपभोक्ताको भूमिका महत्वपूर्ण रहेको बताए। कार्यक्रममा डढेलो नियन्त्रण गर्ने उपायसहितको डेमोसमेत देखाइएको थियो।

उक्त कार्यक्रममा नगर महासंघ अन्तर्गतका डाँस मोरङ्गी सामुदायिक वन, शान्ति सामुदायिक वन, मनकामना सामुदायिक वनलगायत ११ वटा सामुदायिक वनका साथै श्री कञ्चनजङ्घा दैवी प्रकोप व्यवस्थापन समितिलगायत विभिन्न संस्थाको सहभागिता रहेको थियो।

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  १२ : ५९ बजे

बैठक बस्न नसकेपछि पार्टी कार्यलयबाट निस्किए केपी ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टी केन्द्रीय कार्यालय

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

मस्को- युक्रेन युद्ध पाँचौँ वर्षमा प्रवेश गरिरहेका बेला क्रेमलिनको सत्तामाथिको

देवानगञ्जमा युवकलाई गोली हानिएको घटना प्रहरीले किन लुकायो ?

विराटनगर- सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मा शनिबार भएको घटनामा स्थानीय निरजकुमार

उपासनाको एकतर्फी प्रेममा सोनम, यस्तो छ ‘जलाकी’को फष्टलुक टिजर

काठमाडौं– अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको नयाँ नेपाली

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

रियाद– यमनमा द्वन्द्व पुनः सुरु भएयता पहिलो पटक साउदी राजधानी