आठ महिनामा एक अर्ब ९८ करोड राजस्व संकलन « Khabarhub

आठ महिनामा एक अर्ब ९८ करोड राजस्व संकलन


१२ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भद्रपुर– आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको आठ महिनामा एक अर्ब ९८ करोड ९४ लाख ६८ हजार राजस्व संकलन गरेको छ । उक्त रकम गत आव २०८०-०८१ को सोही अवधिको तुलनामा आठ प्रतिशतले बढी हो । 

कार्यालयको तथ्यांकअनुसार गत आव २०८०-०८१ को सोही अवधिमा रु एक अर्ब ८४ करोड १७ लाख १५ हजार राजस्व संकलन भएको प्रमुख कर अधिकृत कृष्णचन्द्र काफ्लेले जानकारी दिए । आन्तरिक राजस्व कार्यालयले चालु आवमा रु चार अर्ब ६१ लाख राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । 

गत आवभन्दा राजस्व संकलन बढे पनि चालु आवको आठ महिनाको लक्ष्यको ८४ प्रतिशत राजस्व संकलन भएको छ । कार्यालयले आठ महिनामा आयकरबाट ८९ करोड २७ लाख ८५ हजार, ब्याजबापत छ करोड ९० लाख ९० हजार, मूल्य अभिवृद्धि करबापत रु ६६ करोड ६५ लाख १५ हजार, अन्तःशुल्कबापत ३३ करोड १८ लाख ४५ हजार राजस्व संकलन गरेको छ ।

अन्तःशुल्क तिर्ने प्रतिष्ठानको नियमित अनुगमन र निगरानीले गर्दा चालु आवको आठ महिनामा गत वर्ष सोही अवधिको तुलनामा ४३ दशमलव ७९ प्रतिशत अन्तःशुल्क वृद्धि भएको प्रमुख कर अधिकृत काफ्लेले बताए। 

कार्यालयले राजस्व संकलनको लक्ष्य हासिल गर्न निरन्तर बजार अनुगमन र निगरानी गरिरहेको छ । यसका साथै कर बक्यौता राख्ने करदाताको बैंक खाता रोक्का गर्ने, जग्गा रोक्का गर्नेलगायत कानुनी कारबाही गर्ने गरिएको उनले बताए।  

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  ३ : २१ बजे

बैठक बस्न नसकेपछि पार्टी कार्यलयबाट निस्किए केपी ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टी केन्द्रीय कार्यालय

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

मस्को- युक्रेन युद्ध पाँचौँ वर्षमा प्रवेश गरिरहेका बेला क्रेमलिनको सत्तामाथिको

देवानगञ्जमा युवकलाई गोली हानिएको घटना प्रहरीले किन लुकायो ?

विराटनगर- सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मा शनिबार भएको घटनामा स्थानीय निरजकुमार

उपासनाको एकतर्फी प्रेममा सोनम, यस्तो छ ‘जलाकी’को फष्टलुक टिजर

काठमाडौं– अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको नयाँ नेपाली

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

रियाद– यमनमा द्वन्द्व पुनः सुरु भएयता पहिलो पटक साउदी राजधानी