प्रधानमन्त्री ओलीको प्रश्न- कुलमानले बिजुली, चिम र ट्रान्समिसन लाइन कहिले बोकेर ल्याए ? « Khabarhub

प्रधानमन्त्री ओलीको प्रश्न- कुलमानले बिजुली, चिम र ट्रान्समिसन लाइन कहिले बोकेर ल्याए ?


१२ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमानले बिजुली, चिम र ट्रान्समिसन लाइन कहिले बोकेर ल्याए भन्दै प्रश्न गरेका छन् । आज सुजाता कोइरालाद्वारा ‘म र सानोबुवा’ शिर्षकको पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले प्रमिथसले जस्तै कुलमानले कहिले ती सामग्री बोकेर ल्याए भन्दै प्रश्न गरेका हुन् ।

‘महाकवि लक्ष्मीप्रसाद देवकोटाको एउटा महाकाव्य छ, कविता छ, प्रमिथस भनेको दृष्य साहित्यमा पृथ्वीमा स्वर्गबाट स्वर्गमा त आगो थियो, न्यानो थियो सबै चिज थियो, पृथ्वीमा अन्धकार थियो, चिसो थियो, त्यस्तो बेलामा मान्छे चाहिँ थिए, ती मान्छेहरूका लागि भनेर स्वर्गको देवताका अनेक भाइहरुमध्ये एक भाइ प्रमिथसले आगो चोरेर पृथ्वीमा ल्याए त्यसबापत उनलाई हजार वर्ष ढुंगाहरूको चेपमा कैद गरेर राखिएको थियो’, प्रधानमन्त्री ओलीले भने, ‘त्यस्तै गरेर व्याख्या गर्नुभएछ । उहाँले प्रमिथसले जस्तै उज्यालो ल्याउनुभो, अघिल्लो चार वर्षको कार्यकाल पूरै उहाँले त्यहीँ काम गरेर पूरा गर्नुभएको थियो, त्यसबेला ल्याउनुभएको थियो की उहाँले नियुक्त वित्तिकै आगो बोकेर आउनुभयो उहाँ ? बिजुली बोकेर आउनुभो ? चिम बोकेर आउनुभो की ट्रान्समिसन लाइन बोकेर आउनुभो की ?’

उनले माओवादी अध्यक्ष प्रचण्ड लक्षित स्टाटसमा इङ्गित गर्दै हितेन्द्रदेव शाक्यलाई निकम्मा बनाएर राखेर रिटायर्ड भएको कुलमानलाई नियुक्त गरिएको समेत बताए । 

‘एकजना मित्रको मैले स्टाटस हेर्याथेँ, त्यहाँबाट अवकाश प्राप्त भैसक्या मान्छेलाई त्यहीँबाट हुर्किएर आएर त्यहीँ कुनै बाहिरबाट खोजेर ल्याएको होइन, त्यहीँ कामु निमित्त भएको मान्छेलाई त्यहीँको क्याडरलाई नियुक्त गरेको हो बाहिरबाट कहिँबाट खोजेर ल्याएको होइन, त्यस्तो मान्छे उहाँले निष्कासन गर्नुभो सोझै या सोझै नभनौ अर्को ठाउँमा निकम्मा बनाएर राखिदिनुभो, सरुवा भनेर जहाँ उसको कार्यक्षेत्र हैन, केहीपनि होइन, सरुवा भनेर राखिदिनुभयो र रिटायर्ड मान्छेलाई फेरि ल्याएर राख्नुभो’, उनले भने ।
 
वर्षौं लगाएर केही काम गरिएको कामलाई चमत्कार जादुको तुलनामा व्याख्या गर्ने भन्दै प्रधानमन्त्री ओलीले कसैलाई पनि यस्ता कुराहरूको भ्रममा नपर्न अनुरोध गरेका छन् ।

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  ३ : ५५ बजे

प्रधानमन्त्री कार्कीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट

काठमाडौं– नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरूले प्रधानमन्त्री सुशीला

नसुध्रिएको त्रिवि : ‘लाइन होइन अनलाइन’ नारामुनि विद्यार्थी बस्छन् घण्टौं लाइन

काठमाडौं– बल्खुस्थित त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय प्रवेश गर्नेबित्तिकै ग्लोबल

 समयमै निर्वाचन गर्न देशभित्रैबाट सरकारलाई असहयोग भएको अर्थमन्त्रीको गुनासो

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले तोकिएको समयमा निर्वाचन गर्न देशभित्रैबाट सरकारलाई

पुर्णबहादुर नाममात्रैको कार्यवाहक, पार्टी सञ्चालन देउवा निवासबाटै हुन्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले तोकिएको समयमा नै पार्टीको

नेपाली कम्युनिष्ट पार्टी ताजा जनादेश लिन तयार छ : नेता रावल

अत्तरिया – नेपाली कम्युनिष्ट पार्टीका नेता भीम रावलले ताजा जनादेश