भारतले जित्यो यू–१९ एसिया कप क्रिकेटको उपाधि | Khabarhub Khabarhub

भारतले जित्यो यू–१९ एसिया कप क्रिकेटको उपाधि


२८ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतले एसीसी यू–१९ एसिया कप क्रिकेटको उपाधि जितेको छ । श्रीलंकामा जारी प्रतियोगिताको शनिबार सम्पन्न फाइनलमा बंगलादेशविरुद्ध भारतले पाँच रनको रोमाञ्चक जीत निकालेको हो ।

योसँगै भारतले यू–१९ एसिया कपको उपाधि सातौं पटक जित्न सफल भएको छ ।

कोलम्बोमा भारतले दिएको १०७ रनको सामान्य लक्ष्य पछ्याएको बंगलादेश ३३ ओभरमा अलआउट हुँदै १०१ रनमा समेटियो । बंगलादेशका लागि कप्तान अकबर अलीले २३ रन जोडे । यस्तै मृतुनजोय चौधरीले २१ तथा तान्जिम हसन सकिबले १२ रन बनाए ।

जीत नजिक पुगेको बंगलादेशलाई सस्तैमा समेट्न भारतका अथर्भा अन्कोलेकारले ५ विकेट लिए । उनले यसमा २८ रन खर्चिए । यस्तै आकाश सिंहले ३ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारत ३२ ओभर ४ बलमा अलआउट हुँदै १०६ रनमा समेटिएको थियो । भारतका लागि करण लालले सर्वाधिक ३७ तथा कप्तान ध्रुव चन्द जुरेलले ३३ रन बनाए ।

त्यस्तै साश्वत रावतले १३ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । बंगलादेशका मृतुनजोय चौधरी र सामिम होसेनले ३–३ विकेट लिए ।

सेमिफाइनलमा भने दुवै टोलीले भाग्यमानी बन्दै फाइनलमा भेट पक्का गरेका हुन् । बिहीबार वर्षाले दुवै सेमिफाइनल खेल रद्द भएपछि भारत र बंगलादेश समूह विजेताको रुपमा फाइनल पुगेका थिए ।

प्रकाशित मिति : २८ भाद्र २०७६, शनिबार  ५ : ५४ बजे

शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय

फाइनलमा आज सिंगापुरसँग भिड्दै नेपाल

काठमाडौं – नेपाल मलेसियामा जारी एसिसी मेन्स यु-१६ इस्ट जोन

साउनदेखि नियुक्त हुने सरकारी कर्मचारीले पेन्सन र उपदान नपाउने

काठमाडौं – सरकारले आगामी आर्थिक वर्षदेखि नियुक्त हुने सरकारी कर्मचारीलाई

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार २१ गते शनिबार। असार

आज २०८२ साल असार २१ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २१ गते शनिबार। असार