काभ्रे जिसस प्रमुख दीपक गौतम पक्राउ परे « Khabarhub

काभ्रे जिसस प्रमुख दीपक गौतम पक्राउ परे


१३ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जिल्ला समान्वय समिति (जिसस) काभ्रेपलान्चोकका प्रमुख दीपककुमार गौतम काठमाडौंबाट पक्राउ परेका छन् ।

गौतमलाई बैंकिङ कसुरको जाहेरी परेपछि बुधबार बिहान प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले नयाँ बानेश्वरबाटै पक्राउ गरेको हो ।

गौतम माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) बाट जिसस प्रमुखमा निर्वाचित भएका थिए ।

गौतमलाई बुधबार नै जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरेर अनुसन्धान अगाडि बढाइने प्रहरीले जनाएको छ। उनलाई प्रहरी वृत्त बानेश्वरको हिरासतमा राखिएको छ ।

विभिन्न व्यक्तिसँग रकम लेनदेनका क्रममा दिएका चेक नसाटिएपछि उनीविरुद्ध जाहेरी परेको थियो। अहिले उनीविरुद्ध बैंकिङ कसुरसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपीलराज बोहोराले बताए ।

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  ३ : ०० बजे

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

वीरगञ्ज– पर्सा प्रहरीले जेन-जी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका

पूर्वराष्ट्रपति भण्डारीले भेटिन् झलनाथ खनालकी पत्नी चित्रकारलाई

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती प्राध्यापक रवि

‘अवतार ३’ मा गोविन्दाको हलिउड डेब्यु वास्तविकता के ?

काठमाडौं– हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार: फायर एन्ड एस’ सँग

अन्तराष्ट्रिय डेरी एक्स्पो २५ गतेदेखि भरतपुरमा आयोजना हुने

काठमाडौं– अन्तराष्ट्रिय डेरी एक्स्पो २०८२, पुस २५ गतेदेखि चितवनको भरतपुरमा