सडक प्रदर्शनको तयारी गर्न समाजवादी मोर्चाको बैठक जारी   « Khabarhub

सडक प्रदर्शनको तयारी गर्न समाजवादी मोर्चाको बैठक जारी  


१३ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– समाजवादी मोर्चाको बैठक जारी छ । एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा आलोकनगरमा बैठक बसिरहेको हो । बैठकमा समाजवादी मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नेपाल समाजवादी पार्टी, नेकपा सहभागी छन् । 

मोर्चाले राजावादी शक्तिहरूले सक्रियता बढाएपछि यही १५ गते भृकुटिमण्डपमा वृहत् प्रदर्शन गर्ने भएको छ । त्यसैको तयारीका लागि एजेन्डा तयार गर्न बैठक बसेको माओवादी महासचिव देव गुरुङको भनाइ छ । 

यता राजावादीहरूले पनि १५ गते नै आन्दोलन गर्ने तयारी गरेका छन् । आजको बैठकमा सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषयमा पनि छलफल हुने बताइएको छ । 

सरकारले जनअपेक्षा अनुसार काम नगर्दा राजावादीले गतिविधि बढाएको मोर्चाका नेताहरूले पटक-पटक भन्दै आएका छन् ।

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  ४ : ५३ बजे

भेनेजुएलाको भूकम्प अपडेट : ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता

एजेन्सी– भेनेजुएलामा आएको दुईवटा शक्तिशाली भूकम्पबाट शुक्रबारसम्म ९२० जनाको मृत्यु

सुरक्षित पुनःस्थापनाको सुनिश्चितता माग्दै होल्डिङ सेन्टरका बासिन्दाको प्रदर्शन

काठमाडौं– सुरक्षित पुनःस्थापना, भू–स्वामित्वसहितको बास अधिकार र सम्मानजनक आवासको सुनिश्चितता

भारतीय राजदूत क्रिकेट प्रतियोगिता सुरु

काठमाडौं– नेपालस्थित भारतीय दूतावासको आयोजनामा दोस्रो संस्करणको ‘भारतीय राजदूत क्रिकेट

अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने

सिड्नी- अष्ट्रेलियाले विश्वमा नै पहिलो पटक १६ वर्षमुनिका किशोरकिशोरीहरूका लागि

नेपाली श्रमिकको भिसा प्रभावित नपार्न साउदीसँग श्रममन्त्रीको अनुरोध

काठमाडौं-  युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग नेपालका लागि साउदी अरबका