कम्युनिष्ट गुण्डागर्दी तत्काल नरोकिए सशक्त प्रतिकार गर्ने देउवाको चेतावनी « Khabarhub

कम्युनिष्ट गुण्डागर्दी तत्काल नरोकिए सशक्त प्रतिकार गर्ने देउवाको चेतावनी


२८ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोहलपुर– नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले कम्युनिष्ट गुण्डागर्दी तत्काल नरोकिए कांग्रेसले सशक्त प्रतिकार गर्ने चेतावनी दिएका छन् ।

‘जागरण अभियान’ अन्तर्गत शनिवार कोहलपुरमा आयोजित कार्यकर्ता भेला तथा सम्वाद कार्यक्रममा सभापति देउवाले केही दिन अघि नेकपा निकट कार्यकर्ताहरुले गुण्डागर्दी शैलीमा आक्रमण गरेर अप्रजातान्त्रिक गतिविधि मच्चाएको बताउँदै गुण्डालाई प्रशासनले तत्काल पक्राउ गर्नुपर्नेमा जोड दिए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले केही दिनअघि बाँकेको खजुरामा नेपाली कांग्रेसले गरेको जागरण कार्यक्रममा गुण्डागर्दी शैलीमा प्रवेश गरेर आक्रमण गर्दै कांग्रेस बाँके सभापति किरण कोइरालाको हात भाँच्ने नेकपा कार्यकर्ताहरुको विरुद्धमा जाहेरी दिँदा पनि प्रहरीले यो घटनालाई गम्भीरताका साथ नलिएको आरोप लगाए ।

“यदि प्रशासनले यो घटनालाई गम्भीरतापूर्वक नलिए राजनीतिक आडमा अप्रजातान्त्रिक गतिविधि गर्ने तत्वलाई ठेगान लगाउन कांग्रेस तयार छ”, उनले भने, “प्रहरी प्रशासन कुनै पनि राजनीतिक दल निकटको नभई आफ्नो उत्तरदायित्व बहन गर्नतर्फ लाग्नुपर्छ ।”

सभापति देउवाले जनताको करबाट पारिश्रमिक बुझ्ने प्रहरी अधिकृत तथा सिडियोले संविधान र ऐन बमोजिम कार्यसम्पादन गर्नुपर्छ भन्दै बाँके घटनामा संलग्नलाई कारवाही नभएसम्म कांग्रेस कडा रुपमा प्रतिवाद गर्ने चेतावनी दिए ।

सो घटनाका सम्बधमा नेपाल कम्युनिष्ट पार्टी बाँकेले प्रेस विज्ञप्ति प्रकाशित गरी घटनालाई राजनीतिकरण नगर्न आग्रह गरिएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७६, शनिबार  १० : ४१ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर