काँकरभिट्टा हुँदै १२ अर्ब ७४ करोडको पेट्रोलिय पदार्थ आयात « Khabarhub

काँकरभिट्टा हुँदै १२ अर्ब ७४ करोडको पेट्रोलिय पदार्थ आयात


१३ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

भद्रपुर– चालु आर्थिक वर्षको आठ महिनामा पूर्वी नाका काँकरभिट्टाबाट १२ अर्ब ७४ करोड १५ लाखबढीको पेट्रोलिय पदार्थ आयात भएको छ । उक्त मूल्य बराबरको पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ र मट्टितेल आयात भएको हो । 

गत आवको आठ महिनाको तुलनामा चालु आवको सोही अवधिमा रू ६४ करोड १७ लाख ५९ हजारले पेट्रोलियम पदार्थको आयातमा कमी आएको छ । गत आवको आठ महिनामा रू १३ अर्ब ३८ करोड ३३ लाखको पेट्रोलियम पदार्थ आयात भएको थियो । 

मेची भन्सार कार्यालय काँकरभिट्टाका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले पेट्रोलियम पदार्थमा आयात घटे पनि राजस्व बढेको बताए। कार्यालयको तथ्यांक अनुसार चालु आवको आठ महिनामा पेट्रोलिय पदार्थको आयातबाट छ अर्ब १२ करोड ४२ लाख राजस्व संकलन भएको छ । 

गत आवको सोही अवधिमा पाँच अर्ब ८० करोड १८ लाख राजस्व संकलन भएको थियो । 

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  ७ : ०७ बजे

मलेसियाका लागि सिफारिस राजदूतमाथि गम्भीर आरोप, सुनुवाई होल्ड

काठमाडौं– मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलमाथि गम्भीर आरोप लागेको

एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट

काठमाडौं– नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर

१३६ किलो गाँजासहित ट्रक र चालक पक्राउ

एजेन्सी – चितवनमा १३६ किलो ५०० ग्राम गाँजासहित ट्रक र चालकलाई

चीन-उत्तर कोरिया जोड्ने पुल बिहीबारदेखि सञ्चालनमा आउने

एजेन्सी– चीन र उत्तर कोरियालाई जोड्ने तीन हजार २६ मिटर

रुबियोले भारत र उज्बेकिस्तान भ्रमण गर्ने

एजेन्सी– अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अक्टोबर १७ देखि २२ सम्म