समाजवादी मोर्चाले ८ रुटबाट जुलुस निकाल्ने (सूचीसहित)  « Khabarhub

समाजवादी मोर्चाले ८ रुटबाट जुलुस निकाल्ने (सूचीसहित) 


१४ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–समाजवादी मोर्चाको चैत्र १५ गते आन्दोलनका रुटहरू सार्वजनिक गरेको छ । समाजवादी मोर्चाले राजावादीहरूले सक्रियता बढाएपछि त्यसलाई काउन्टर दिन सडक आन्दोलन गर्न लागेको हो । मोर्चाले भृकुटीमण्डपमा कार्यक्रम गर्दै छ । 

आन्दोलनका लागि नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपा र नेपाल समाजवादी पार्टीले आन्दोलन गर्न लागेका हुन् । 

मोर्चाले सार्वजनिक गरेको रुटमा माइतीघर मण्डला नेकपा माओवादी केन्द्रको र्‍याली निस्कने छ । सो र्‍याली  बबरमहल, माइतीघर मण्डला, थापाथली, त्रिपुरेश्वर, शहिदगेट, भद्रकाली हुँदै मञ्चमा मिसिने छ । 

यस्तै, माओवादी केन्द्रले नै कुपण्डोल, थापाथली चोक, त्रिपुरेश्वर, सुनधारा, न्युरोड गेट, शान्तिबाटिका, पुरानो बसपार्क हुँदै त्रिपुरेश्वरको जुलुससँग मिसिने एउटा आन्दोलनको टोली बनाएको छ । 

अर्को टोली त्रिपुरेश्वर, सुनधारा, न्युरोड गेट, शान्तिबाटिका, पुरानो बसपार्क हुँदै मञ्च सुनधाराको जुलुससँग मिसिने बताइएको छ ।  

यस्तै सुनधारा रुटमा  नेकपा विप्लवले नेतृत्व गर्ने छ । सुनधारा, न्युरोड गेट, शान्तिबाटिका, पुरानो बसपार्क हुँदै मञ्चमा विप्लवमा नेताहरूको टोली रहने छन् । 

न्युरोड गेटको रुटमा नसपा रहने छ । न्युरोड गेट, रत्नपार्क, भोटाहिटी, विश्वज्वति हल, घण्टाघर, पुतलीसडक, पद्मोदयमोड हुँदै मञ्च  भोटाहिटीमा सोह्र खुट्टेको जुलुससँग मिसिने बताइएको छ । 

यस्तै, सोह्रखुट्टे, शान्तिबाटिका, मैतीदेवीबाट पनि जुलुसहरू निस्कने छन् ।  नेकपा एकीकृत समाजवादी
 मैतीदेवी, पुतलीसडक, पद्मोदयमोड हुँदै मञ्चसम्म जुलुस निकाल्ने छ ।  

यस्तै राजा फर्काउने आन्दोलनको नेतृत्वले पनि काठमाडौँमा कार्यक्रम गर्ने भएकाले भोली सडक व्यस्त रहने देखिन्छ । 

यस्तो छ रुटको सूची :

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहीबार  ११ : ५४ बजे

दरवाङमा सडक कालोपत्र गर्न थालियो

दरवाङ– म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङ बजारको सडक कालोपत्र गर्न थालिएको

झापामा घट्दै चैते धानको क्षेत्रफल र उत्पादन

बनियानी– जिल्लामा पछिल्लो तीन वर्षयता चैते धानको क्षेत्रफल र उत्पादन

लागूऔषधसहित १४ जना पक्राउ

काठमाडौं- नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित

मानव अधिकार आयोगसँग ओलीले मागे जेन-जी आन्दोलनको प्रतिवेदन

काठमाडौं- पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेन-जी आन्दोलनको छानविन प्रतिवेदन र

सरकारबाट उपचार खर्च लिने क्यान्सरका बिरामी बढे

काठमाडौं– विगत पाँच वर्षमा क्यान्सरका बिरामी करिब दोब्बरले बढेका छन्