शान्तिप्रक्रिया टुङ्ग्याउने विषयमा दलहरूबीच विवाद भएन : प्रचण्ड  | Khabarhub Khabarhub

शान्तिप्रक्रिया टुङ्ग्याउने विषयमा दलहरूबीच विवाद भएन : प्रचण्ड 


१४ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्य विषयमा दलहरूबीच विवाद भए पनि शान्तिप्रक्रिया टुंग्याउने विषयमा सैद्धान्तिक रूपमा कहिले पनि विवाद नभएको बताएका छन् । 

जवाफदेहीता निगरानी समिति र द्वन्द्वपीडित संगठनहरूद्वारा बिहीबार आयोजित सङ्क्रमणकालीन न्यायसम्बन्धी राष्ट्रिय सम्मेलन सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले शान्तिप्रक्रिया टुंग्याउन ढिला भए पनि दलहरूबीचको विवादका कारण ढिलो नभएको प्रष्टिकरण दिए । 

‘अहिले पनि राजनीतिक दलहरूको बीचमा विवादहरू छन् । प्रमुख दलहरू नै कोही सत्ता पक्षमा छौँ, कोही प्रतिपक्षमा छौँ, विवाद चलिरहेको छ । सदनमा बहस भइरहेको छ,’ प्रचण्डले भने, ‘यी सबै विवाद र विमतिको बीचमा पनि शान्ति प्रक्रिया टुङ्गाउनुपर्छ भन्ने कुरामा सैद्धान्तिक रूपमा कहिले पनि विवादमा भएनौँ । ढिला त भयो र विवादले गर्दा भएको होइन त्यो भन्न मिल्दैन ।’

अध्यक्ष प्रचण्डले पीडितलाई न्याय दिने विषयलाई प्राथमिकता दिएरमात्रै शान्ति-प्रक्रियालाई दिगो बनाउन सकिन्छ भन्ने कुरामा पनि मुख्य दलहरू कहिले पनि अन्योलमा नपरेका पनि बताए ।  

‘टीआरसीमा पीडितहरूलाई सम्बोधन गर्ने कुरा उच्च प्राथमिकतामा राख्नुपर्छ भन्ने कुरामा राजनीतिक नेतृत्व तहमा कहिले पनि विवाद भएन । मानिसलाई कहिलेकाहीँ लाग्छ यस्तो होइन होला भनेर,’ उनले भने, ‘तर, राजनीतिक नेतृत्वहरू मूलतः पीडितहरूलाई न्याय दिने कुरालाई प्राथमिकता दिएर मात्र शान्ति प्रक्रियालाई दिगो बनाउन सकिन्छ भन्ने कुरामा पनि हामी कहिले पनि अन्योलमा परेनौँ ।’

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहीबार  १२ : ३० बजे

मानव अधिकारको हरेक सवालमा आयोग संवेदनशील हुनुपर्छ : प्रदेश प्रमुख देवकोटा

बागमती – बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मानव अधिकारको हरेक

किसान सञ्जालद्वारा १२ बुँदे घोषणापत्र जारी

काठमाडौं – राष्ट्रिय युवा किसान सञ्जाल नेपालले १२ बुँदे ‘युवा

सिङ्गापुरको मुद्रास्फीति घट्दै, पहिलो छ महिनामा ०.९ प्रतिशतमा सीमित

सिंगापुर – सिंगापुरको तथ्यांक विभागका अनुसार, सिङ्गापुरको उपभोक्ता मूल्य सूचकांक

अभिनेत्री मनिषा कोइरालालाई बेलायतमा सम्मान

बेलायत – अभिनेत्री मनिषा कोइराला बेलायती संसद्को माथिल्लो सदन ‘हाउस

पुष्पलालको विचारलाई व्यवहारमा उतार्न आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री एवम् नेकपा (एमाले)का स्थायी कमिटी सदस्य