आईपीएल : सनराइजर्सको आक्रामक ब्याटिङ लाइन नचल्दा लखनउको शानदार जित | Khabarhub Khabarhub

आईपीएल : सनराइजर्सको आक्रामक ब्याटिङ लाइन नचल्दा लखनउको शानदार जित


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा सनराइजर्स हैदरावाद पराजित भएको छ । सुरुमा ब्याटिङ गरेको हैदरावादलाई लखनउ सुपर जायन्ट्सले पाँच विकेटले हराएको हो ।

आक्रामक ब्याटिङ लाइनअपका रुपमा चिनिने अभिषेक शर्मा, इशन किशन र नितिशकुमार रेड्डी, हेनरिक क्लासेन नचल्दा हैदरावाद पराजित भएको हो । टस जितेर लखनउले फिल्ड रोजेपछि पहिला ब्याटिङ गरेको हैदरावादले ९ विकेटको क्षतिमा १९० रन बनाएको थियो । १९१ रनको लक्ष्य पछ्याएको लखनउले आक्रामक ब्याटिङ गर्दै १६.१ बलमा पाँच विकेटको क्षतिमा १९३ रन बनायो ।

यो सनसनीपूर्ण जितसँगै लखनउले दुई खेल खेलेर दुई अंक जोडेको छ। पहिलो खेलमा लखनउ दिल्ली क्यापिटल्ससँग मात्र एक विकेटले पराजित भएको थियो। यो सिजनमा हैदरावादको पहिलो हार हो। उसले पहिलो खेलमा राजस्थान रोयल्सलाई ४४ रनले पराजित गरेको थियो । पहिलो खेलमा २८७ रनको पारी खेलेको हैदरावाद दोस्रो खेलमा १९० रनमा समेटिएको हो ।

हैदरावादविरुद्धको जितमा लखनउका निकोलस पुरनले सर्वाधिक ७० रन बनाए। २६ बल खेलेका उनले ६ चौका र ६ छक्का हिर्काए । ओपनर मिचेल मार्शले ३१ बलमा सात चौका र दुई छक्कासहित अर्धशतक पूरा गर्दै ५२ रन जोडे । कप्तान ऋषभ पन्त १५ रनमा आउट हुँदा डेभिड मिलर १३ र अब्दुल समाद २२ रन नटआउट रहे ।

हैदरावादका कप्तान प्याट कमिन्सले सर्वाधिक दुई विकेट लिए। तीन ओभर बलिङ गरेका उनले २९ रन खर्चिए। मोहम्मद शामी, एडम जाम्पा र हर्षल पटेलले समान एकएक विकेट हात पारे ।

राजीव गान्धी स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको हैदरावादले पूरै २० ओभर खेल्दै नौ विकेटको क्षतिमा १९० रन बनाउँदा कुनै पनि ब्याट्सम्यानले अर्धशतक बनाउन सकेनन् । हैदरावादका ओपनर ट्रेभिस हेडले २८ बल खेलेर सर्वाधिक ४७ रन बनाउँदा पाँच चौका र तीन छक्का हिर्काए ।

अंकत बर्माले १३ बलमा पाँच छक्कासहित ३६ रन बनाए भने नितिशकुमार रेड्डी ३२ र हेनरिक क्लासन २६ र प्याट कमिन्स १८ रनमा आउट भए । उसका लागि हर्षल पटेल १२ रनमा नटआउट रहे। हैदरावादका लागि आक्रामक ब्याटिङ लाइन चलेन ।

हैदरावादलाई सस्तैमा समेट्न लखनउका शार्दुल ठाकुर घातक भए । उनले चार ओभर बलिङ गर्दा मात्र ३४ रन खर्चिएर चार विकेट लिए । आवेश खान, दिग्वेश राठी, रवि बिश्नोई र राजकुमार यादवले एकएक विकेट हात पारे ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ५ : ५१ बजे

डुबेर तीन जनाको मृत्यु

काठमाडौं– कपिलवस्तुको कपिलवस्तु नगरपालिका-६ थुमुवास्थित माछा पोखरीमा डुबेर सोही नगरपालिका-११ औराह घर

आप्रवासन कार्यमा सहयोग गर्न फ्लोरिडामा २०० नौसैनिक परिचालन

एजेन्सी – दक्षिणपूर्वी राज्यमा भइरहेको आप्रवासन प्रवर्तन छापाहरूका लागि प्रशासनिक

धनुषाको दुहबीमा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त

जनकपुर– धनुषाको विदेह नगरपालिका–२ वैदेही दुहबीमा सशस्त्र प्रहरी र तस्करीबीच

काठमाडौंबाट ९ जना जुवाडे पक्राउ

काठमाडौं– काठमाडौं महानगरपालिका-३१ मिलनचोक बस्ने काभ्रे चौरीदेउराली गाउँपालिका- २ घर भएका ६३

खलङ्गामा वितरण गरिएको खानेपानीमा इकोली जीवाणु भेटियो

दार्चुला– दार्चुला सदरमुकाम खलङ्गामा वितरण गरिएको खानेपानीमा मानव स्वास्थ्यका लागि