रूसी राष्ट्रपति पुटिन चाँडै भारत भ्रमणमा निस्कने तय « Khabarhub

रूसी राष्ट्रपति पुटिन चाँडै भारत भ्रमणमा निस्कने तय


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन छिट्टै भारत भ्रमणमा आउँदैछन् । रुसी विदेशमन्त्री सर्गेई लाभरोभले प्रधानमन्त्री नरेन्द्र मोदीको भारत भ्रमणको निमन्त्रणा स्वीकार गरिएको र उनको दिल्ली भ्रमणको तयारी तीव्र गतिमा भइरहेको बताएका हुन् ।

‘अहिले राष्ट्रपति पुटिनको भारत भ्रमणको प्रबन्ध मिलाइएको छ,’ लाभरोभले रूसी अन्तर्राष्ट्रिय मामिला परिषदद्वारा आयोजित ‘रसिया र भारतः नयाँ द्विपक्षीय एजेन्डा’ शीर्षकको सम्मेलनमा आफ्नो भिडियो सम्बोधनमा भने।

रुसी विदेशमन्त्रीलाई उद्धृत गर्दै रुसको सरकारी समाचार एजेन्सी तासले भन्यो, ‘राष्ट्रपति भ्लादिमिर पुटिनले भारत सरकार प्रमुखको भ्रमणको निमन्त्रणा स्वीकार गरेका छन्। रुसी राष्ट्रपतिको भारत भ्रमणको तयारी भइरहेको छ।’

विदेशमन्त्री लाभरोभले गत वर्ष लगातार तेस्रो पटक निर्वाचित भएपछि प्रधानमन्त्री मोदीको पहिलो विदेश भ्रमण रुस भएको स्मरण गरेका थिए । उनले भने, ‘अब हाम्रो पालो हो ।’ तर, पुटिनको भारत भ्रमणको मिति भने अझै खुलाइएको छैन ।

प्रधानमन्त्री मोदीले गत वर्ष जुलाईमा रुसको भ्रमण गरेका थिए । जुन पछिल्लो ५ वर्षमा उनको यो देशको पहिलो भ्रमण थियो। यसअघि उनले सन् २०१९ मा सुदूर पूर्वी सहर भ्लादिभोस्तोकको आर्थिक सम्मेलनमा भाग लिन गएका थिए।

आफ्नो पछिल्लो भ्रमणका क्रममा मोदीले राष्ट्रपति पुटिनलाई भारत भ्रमणको निम्तो दिएका थिए । यसअघि मार्च २४ मा विदेशमन्त्री लाभरोभले रुसले आफ्नो नजिकको मित्र भारतसँग ‘विशेषाधिकार प्राप्त रणनीतिक साझेदारी’ विकास गरिरहेकोसमेत बताएका छन् ।
 

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ८ : ०० बजे

पुँजीगत खर्चबारे अर्थ समितिमा छलफल गराउन सांसद लिमा अधिकारीको प्रस्ताव

काठमाडौं– प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिकी सदस्य लिमा अधिकारी आचार्यले पुँजीगत खर्चको कमजोर

दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष भण्डारी पक्राउ

काठमाडौं– नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष भुपेन्द्र भण्डारी पक्राउ परेका

लाप्राकबाट उदाएका ‘युक्त’: शिखरहरू जित्दै इतिहास लेखे, हिमालकै काखमा सधैँलाई अस्ताए

काठमाडौं- गोरखाको दुर्गम गाउँ लाप्राकबाट सुरु भएको एउटा सपना अन्ततः

मृतक गणेशको गाउँमा प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध नाराबाजी (तस्बिरहरू)

सिराहा– प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङविरुद्ध सिराहामा गोली लागेर

राष्ट्रपति पौडेलद्वारा समवेदना प्रकट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधन भएकामा  दुःख