चट्याङ लागेर एक हल गोरु र तीन गाई मरे « Khabarhub

चट्याङ लागेर एक हल गोरु र तीन गाई मरे


२९ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दैलेख- दैलेखको भगवतीमाई गाउँपालिका–७ खगेनामा चट्याङ लागेर एक हलगोरु र तीन गाईको मृत्यु भएको छ ।

शनिबार साढे ५ बजे इन्द्रजीत विकको घर नजिकै चट्याङ परेको थियो । घर नजिकै बाँधेका एक हलगोरु र तीन गाईको मृत्यु भएको हो ।

घर नजिकै चट्याङ परेकाले इन्द्रजीत विकको घरमा रहेका विककी श्रीमती पवित्रा विक र छोरा दिलीप विक बेहोस भएको जानकारी आएको भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले जानकारी दिए ।

जानकारी आउनेबित्तिकै आफूहरुले स्थानीय जनप्रतिनिधिलाई खबर गरेर घटनाको विवरण बुझ्न पठाएको र जिल्ला प्रहरी कार्यालयलाई खबर गरेको अध्यक्ष थापाले बताए ।

घटनाको विस्तृत जानकारीका लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।.दैलेखमा लगातार तीन दिनदेखि ठूलो वर्षासँगै चट्याङ परिरहेको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  ६ : ३१ बजे

बाहुनडाँगीमा हात्ती नियन्त्रण गर्न ‘टास्कफोर्स’ परिचालन

झापा – हात्ती प्रभावित मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा सशस्त्र प्रहरी बलले

अत्यधिक गर्मीका कारण धनगढीका विद्यालय चार दिन बिदा

कैलाली – केही दिनदेखि गर्मी अत्यधिक बढेपछि धनगढी उपमहानगरपालिकाले सामुदायिक

विष्णु पौडेल पक्राउपछि प्रदीप ज्ञवालीको प्रतिक्रिया : सरकार पूर्वाग्रह र प्रतिशोधबाट प्रेरित हुनु हुँदैन

काठमाडौं- सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल

राहदानी खरिद प्रकरण : प्रतिवादीलाई यसरी लगिएको थियो विशेषमा (तस्बिरहरू) 

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट खरिद प्रकरणमा मुद्दा दायर