हनुमन्ते खोलाको दुई टन फोहर व्यवस्थापन « Khabarhub

हनुमन्ते खोलाको दुई टन फोहर व्यवस्थापन


२९ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- हनुमन्ते नदी सफाइ अभियानको ८१ औं हप्तामा शनिबार भक्तपुरको गट्ठाघर चोकदेखि कौशलटारचोकसम्मका सडकको दायाँबायाँ रहेका फोहर हटाइएको छ ।

अभियानअन्तर्गत सडक दायाँबायाँको फोहर हटाउनुका साथै सडकका पोल र भित्तामा अव्यवस्थितरूपमा टाँगिएका विज्ञापनका सामग्रीसमेत हटाइ दुई टन फोहर सङ्कलन गरेर व्यवस्थापन गरिएको अभियानका दूत एवं चलचित्र निर्देशक मदन घिमिरेले जानकारी दिए ।

अभियानका सहसंयोजक सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेत, अभियानका अगुवा अभियाकर्मी, सफाइ अभियानका सल्लाहकार, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, पातञ्जल नेपाल, जीवन विज्ञानलगायत विभिन्न सङ्घसंस्थाका प्रतिनिधि एवं अभियानकर्मीको सफाइ अभियानमा सहभागिता रहेको उत्प्रेरक रुद्र पौडेलले जानकारी दिए ।

नेकपाका नेता एवं सांसद महेश बस्नेतको अगुवाइ, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाको संयोजनमा शुरु भएको अभियान १०० हप्तासम्म निरन्तर जारी राख्ने बताइएको छ । हनुमन्ते सफाइ अभियानले डेङ्गु रोग नियन्त्रण अभियानसमेत सञ्चालन गरेको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  ६ : ५५ बजे

तारकेश्वरको जरङ्खुमा पहिरो, ५० घर प्रभावित (तस्बिरहरु)

काठमाडौँ– काठमाडौँको तारकेश्वर नगरपालिका–६ जरङ्खुस्थित अष्टमान टोलमा घर निर्माणका क्रममा

सरकारसँग १४ बुँदे सहमतिपछि घर फर्किए लघुवित्त ऋणी

काठमाडौँ – ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय बाहिर

नेपाल–भारत सीमा सुरक्षामा संयुक्त गस्ती र सूचना आदानप्रदान बढाइने

काठमाडौँ– नेपाल र भारतका चार जिल्लाका सुरक्षा अधिकारीले सीमा सुरक्षालाई

रंगशालाको ऋण र राज्यको उपेक्षा

चितवनको भरतपुरमा एउटा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने सपना देखेर देशभरका

बर्खायाम सकिएको झल्को दिने ‘यार्तुङ’ पर्व

मुस्ताङ– मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–१ खिङ्गामा बर्सेनि मनाइने यार्तुङ पर्व हर्षोल्लासका