अर्जेन्टिनासँगको हारपछि ब्राजिलका प्रशिक्षक बर्खास्त | Khabarhub Khabarhub

अर्जेन्टिनासँगको हारपछि ब्राजिलका प्रशिक्षक बर्खास्त


१६ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


753
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अर्जेन्टिनासँगको विश्वकप छनोट फुटबलमा ४–१ को पराजयपछि ब्राजिलले प्रशिक्षक डोरिभल जुनियरलाई बर्खास्त गरेको छ।

सन् २०२४ को जनवरीदेखि उनले राष्ट्रिय टोलीको जिम्मेवारी सम्हालेका थिए। इङ्गल्यान्डसँगको पहिलो मैत्रीपूर्ण खेलमा १-० को सफलता दिलाएका उनको कार्यकालमा ब्राजिलले ७ खेलमा जित हात पारेको थियो भने ६ बराबरी गर्नुका ३ खेलमा पराजयको सामना गरेको थियो।

विश्वकपमा छनोट भइरहेको अर्जेन्टिनासँग भएको फराकिलो हारपछि उनलाई बर्खास्त गर्दै नयाँ प्रशिक्षकको खोजी सुरु गरिएको हो।

खेलाडीको रूपमा राष्ट्रिय टोलीबाट कहिले पनि नखेलेका डोरिभलले प्रशिक्षकको रूपमा सन् २०२२ मा फ्लेमिङ्गोलाई कोपा लिबरटाडारेस कपको उपाधि दिलाएका थिए।

ब्राजिलियन सञ्चार माध्यमका अनुसार अल हिलालका प्रशिक्षक जर्ग जेससको सम्भावना बढी छ।

ब्राजिलियन फुटबल महासङ्घले डोरिभललाई टोलीको जिम्मेवारी दिनु अघि रियल म्याड्रिडका प्रशिक्षक कार्लोस एन्सेलोटी ल्याउने असफल प्रयास गरेको थियो।

प्रकाशित मिति : १६ चैत्र २०८१, शनिबार  ८ : २६ बजे

पानीपुरी र चटपटेका ठेला खोज्दै काठमाडौँ महानगर, बिक्री अनुगमन गर्ने

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले पानीजन्य रोगबाट नागरिकलाई बचाउन पानीपुरी, चटपटेलगायत

पहिरोले अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

जुम्ला – पहिरोले अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ ।

लेक लागेर अन्नपूर्ण क्षेत्रमा गत वर्ष १८ पर्यटकको मृत्यु

गण्डकी : गत आवमा अन्नपूर्ण संरक्षण क्षेत्रका विभिन्न गन्तव्यमा १८

एमालेले विधान महाधिवेशनलाई राजनीतिक उत्सवका रूपमा मनाउँछ : महासचिव पोखरेल

काठमाडौँ : नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले दोस्रो विधान

आईजीन छुट्याउने ‘धितोपत्र अभौतिकीकरण निर्देशिका’मा के छ ? (मस्यौदासहित)

काठमाडौं– सीडीएस एन्ड क्लियरिङ लिमिटेडले स्वीकृतिका लागि स्वीकृतिका लागि नेपाल