एन्जिलालाई पूर्वमा च्याब्रुङ बजाएर स्वागत « Khabarhub

एन्जिलालाई पूर्वमा च्याब्रुङ बजाएर स्वागत


१७ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

सुनसरी– फुटबल जीवनको संघर्षमय भित्री पाटोलाई फिल्ममार्फत उतारिए पछि फुटबलर एन्जिला तुम्बापो लिम्बू अहिले राष्ट्रिय चर्चामा छिन् ।

उनको जीवनीमा आधारित फिल्म ‘एन्जिला’ सिनेमा हलमा लागेको दुई साता बितिसकेको छ । उनको बायोपिक ‘एञ्जिला’ले बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ । फिल्मको प्रवर्द्धन गर्नकै लागि उनी ग्रिसबाट शुक्रबार मात्र नेपाल आइपुगेकी उनी अहिले विभिन्न हलहरूमा पुगेर दर्शकसँग प्रत्यक्ष भेटघाट र प्रतिक्रिया लिन व्यस्त छिन् । सवैतिर उनको भव्य स्वागत र सम्मान भइरहेको छ । 

यसै सिलसिलामा चलचित्रको प्रवर्द्धन गर्न राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एवं गोलकिपर एन्जिला तुम्बापो लिम्बू पूर्व आएको बेला धरानमा सम्मान गरिएको छ । याक्थुङ चलचित्र संघ नेपालले च्याब्रुङ बजाउँदै फ्रेन्ड्स सिनेमा हलमा उनीसहित एन्जिला चलचित्र टिमलाई भव्य स्वागत गरेको थियो ।

आफ्नै जीवनीमा आधारित चलचित्र ‘एन्जिलाको’ थप प्रचार प्रसार र प्रवर्द्धन गर्न उनी पूर्वको यात्रामा निस्केको बताइन् । शनिबार धरानको फ्रेन्ड्स सिनेमा हल आएकी उनलाई धरान फुटबल क्लबले सम्मान गर्‍यो । 

उनलाई क्लबका अध्यक्ष प्रताप तामाङले दोसल्ला ओढाउँदै सम्मान पत्र प्रदान गरेका थिए । उक्त अवसरमा निर्देशक मिलन चाम्स र कलाकार सिर्जना सुब्बा र निर्माता प्रेमकुमार श्रेष्ठलाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको थियो । उनले एन्फा एकेडेमीमा पुगेर एकेडेमीका जुनियर विद्यार्थीसँग भलाकुसारी गरिन् । 

शनिबार राती नै धरान रंगशालामा जारी रात्रिकालीन २५ औँ गोधुली रनिङ कप फुटबल प्रतियोगितामा पुग्दा प्यारापिटमा बसेका दर्शकहरूले उठेर ‘एन्जिला एन्जिला’ भन्दै सम्मान गरेका थिए ।

उनले दर्शकको मायाबाट हौसिएर ग्रीसबाट छोटो समयकालागि नेपाल आएको बताइन् । आफूले अभिनय गरेको चलचित्र एन्जिलालाई दर्शकले अति मनपराए पनि आगामी भविष्यमा भने कुनै पनि चलचित्रमा अभिनय नगर्ने अभिव्यक्ति भने दोहोर्‍याइन् । 

उनले भनिन्, ‘आफ्नै जीवनीमा आधारित फिल्म भएकाले मात्र यसमा समय निकालेर अभिनय गरेको हो । म सिनेमा खेल्नका लागि जन्मेकी होइन । फुटबलबाट नै चिनिन र आफ्नो भविष्य सुनिश्चित गर्न चाहन्छु ।’ उनी हाल ग्रिसको शीर्ष डिभिजनको  महिला फुटबल लिग अन्तर्गतको खेलमा निस एट्रोमिनौट क्लवबाट खेलिरहेकी छन् । पूर्वको भ्रमणमा आउँदा उनको सुरक्षा सशस्त्र प्रहरी बलले गरिरहेको छ । 

नेपाली महिला फुटबलको क्याप्टेन एन्जिलालाई दर्शकले रंगशालामाहरुमा एउटी राष्ट्रिय खेलाडी, राम्रो गोल किपरको रूपमा मात्र चिन्दै आएका थिए । तर उनको बायोपिक चलचित्र ‘एन्जिला’ ले राष्ट्रिय महिला फुटबल टोलीसम्म आइपुग्न कतिसम्म संघर्ष गरिन् भन्ने जानकारी मात्र दिँदैन पारिवारिक विग्रह, गरिबी, बाबुको बेवास्ता, सामाजिक अवरोधकाबीच आमाको प्रेम र संघर्षबाट प्रेरणा र साथ पाएर सफलता हात पार्न सकिन्छ भन्ने सन्देश दिएको छ । 

फिल्ममा एञ्जिला आफैले अभिनय गरेकी छिन् । उनको आमाको भूमिका सिर्जना सुब्बाले गरेकी छिन् । सृजना सुब्बा पनि एन्जिलाको प्रवर्द्धनकै लागि भनेर बेलायतबाट १० दिनको लागि भनेर नेपाल आएकी छन् ।

एन्जिलाको बाल्यकालको भूमिकामा धरानकी नमिक्षा मगरको अभिनय छ भने बुबाको भूमिकामा दयाहाङ राई छन् । आइतबार (आज) पनि झापाको बिर्तामोड र दमकका सिनेमा हलमा दर्शकसँग भेटघाटमा व्यस्त छन् एन्जिला टिम ।

प्रकाशित मिति : १७ चैत्र २०८१, आइतबार  ५ : ४९ बजे

सरकारी संवाद समितिको टोली दलहरूको कार्यालयमा

काठमाडौं– नेपाल सरकारको उच्चस्तरीय संवाद समितिको टोलीले निर्वाचनको वातावरण बनाउन

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

वीरगञ्ज– पर्सा प्रहरीले जेन-जी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका

पूर्वराष्ट्रपति भण्डारीले भेटिन् झलनाथ खनालकी पत्नी चित्रकारलाई

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती प्राध्यापक रवि

‘अवतार ३’ मा गोविन्दाको हलिउड डेब्यु वास्तविकता के ?

काठमाडौं– हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार: फायर एन्ड एस’ सँग