पक्राउ परे तीनकुनेबाट प्रहरीको बन्दुक खोस्ने युवा « Khabarhub

पक्राउ परे तीनकुनेबाट प्रहरीको बन्दुक खोस्ने युवा


१७ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत शुक्रबार काठमाडौंको तीनकुनेमा भएको राजावादीहरूको हिंश्रक प्रदर्शनका क्रममा प्रहरीको बन्दुक खोस्ने युवक पक्राउ परेका छन् ।

तीनकुनेमा राजावादीको प्रदर्शनका क्रममा भएको झडपका क्रममा सुरक्षाका लागि ब्याक फोर्सका रुपमा खटिएको सशस्त्र प्रहरी बलको बन्दुक खोस्ने ३८ वर्षीय गोपाल हमाल शनिबार नै गौशालाबाट पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवम् एसपी अपीलराज बोहोराले हमाललाई गौशाला क्षेत्रबाट शनिबार नै पक्राउ गरेर आइतबार जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ । उनलाई आवश्यक अनुसन्धानका लागि अदालतबाट ५ दिनको म्याद लिइएको छ।

प्रहरीका अनुसार हमालले खोसेको उक्त बन्दुक भने भेटिएको छैन । उक्त बन्दुक अश्रुग्यास हान्न प्रयोग गरिन्छ ।

बोहोराका अनुसार हमाल रुपन्देहीको सैनामैना नगरपालिका-१ निवासी हुन् । उनी अहिले काठमाडौंको तारकेश्वर नगरपालिका-१० मा बस्दै आएका थिए ।

सशस्त्र प्रहरीको ग्यास गन खोस्ने काम गरेका उनलाई राज्यद्रोह र संगठित अपराधमा मुद्दा चलाउन अदालतबाट म्याद लिइएको प्रवक्ता बोहोराले खबरहबलाई बताए ।

हमालले बन्दुक खोसेको फोटो खिच्ने क्रममा अनलाइनखबरका पत्रकार दिनेश गौतममाथि राजावादीले आक्रमण गरेका थिए । उनलाई आक्रमण गरेर राजावादीले खुट्टो भाँचिदिएका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०८१, आइतबार  ७ : ०५ बजे

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल