तीनकुनेमा प्रदर्शनकारीले प्रहरीको बन्दुक खोसे, एकजनालाई गोली लाग्यो « Khabarhub

तीनकुनेमा प्रदर्शनकारीले प्रहरीको बन्दुक खोसे, एकजनालाई गोली लाग्यो


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंको तीनकुनेमा राजादी प्रदर्शनकारीले सुरक्षाकर्मीले अश्रुग्यास प्रहार गर्न बोकेको बन्दुक खोसेका छन् ।

राजावादी प्रदर्शन उग्र बनेपछि भीड नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गर्न बोकेको बन्दुक खोसेका हुन् ।

प्रदर्शन र सभा बिथोलिएको केहीबेरमा तीनकुनेस्थित एक घरमा राजावादीले आगजनी गरेका छन् ।

आगो निभाउन पुगेको दमकलमाथि प्रदर्शनकारीले ढुंगामुढा गरेका छन् । अहिले तीनकुने क्षेत्र तनावग्रस्त बनेको छ ।

उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी शेखर खनालले तीनकुनेको स्थिति नियन्त्रणको प्रयास भइरहेको बताए ।

प्रदर्शनकारीले अन्नपूर्ण पोस्ट् र कान्तिपुरको कार्यालयमा पनि आक्रमण गरेका छन् । त्यसक्रममा एकजनालाई गोली लागेको खबर आएको छ ।

प्रदर्शनकारीको आक्रमणमा सशस्त्र प्रहरीकी एक जवानको टाउको फुटेको छ । अहिले पनि तनाव भएकाले क्षतिको सबै विवरण आइसकेको छैन ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ३ : २६ बजे

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल