आफ्नो आलोचना गर्ने व्यक्तिलाई पक्राउ गरेपछि मलेशियाकी महारानी दु: खी « Khabarhub

आफ्नो आलोचना गर्ने व्यक्तिलाई पक्राउ गरेपछि मलेशियाकी महारानी दु: खी


२९ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– मलेशियाकी महारानीले सामाजिक सञ्जालमा उनको अपमान गरेको आरोपमा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेकोमा दु:ख व्यक्त गरेकी छिन् ।

सामाजिक सञ्जालमा अपमान गरेको आरोपमा केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेपछि ट्वीट गर्दै महारानी राजा परमिस्सुरी आगोङले आफू र मलेशियाका राजाले प्रहरीलाई कारबाही गर्न नभनेको र पक्राउसम्बन्धी समाचारले आफू दु:खी भएको जनाएकी बीबीसीले उल्लेख गरेको छ ।

सामाजिक सञ्जालमा अपमानजनक सन्देश राखेको गरेको आरोपमा शुक्रवार प्रहरीले पश्चिमी नगर क्लाङबाट एक व्यक्तिलाई पक्राउ गरेको थियो।

महारानीले बुधवार आफ्नो ट्विटर खाता बन्द गरेको चर्चा चलेको थियो । त्यसपछि हजारौँ मानिसले उनलाई आफ्नो खाता बन्द नगर्न र सन्देश लेखिरहन आग्रह गरेका थिए ।

मलेशियाकी महारानीलाई राजा परमिस्सुरी आगोङ भनिन्छ ।

अहिलेकी महारानीको पूरा नाम टुङ्कु अजिजा अमिना मैमुना इस्कन्दरिया सुल्तान इस्कन्दर हो। उनी वर्तमान महाराजाकी पत्नी हुन् । मलेशियामा भिन्न प्रकृतिको संवैधानिक राजतन्त्र छ। देशका विभिन्न वंशका नौ शासकहरू पालैपालो पाँच वर्षका लागि देशको राजा बन्छन् ।

भनेकी थिइन् महारानीले के ?

शृङ्खलाबद्ध ट्वीट गर्दै उनले व्यक्तिगत कारणले आफूले ट्विटर छोड्न लागेको लेखेकी थिइन्।

“प्रहरीले ती मानिसलाई नियन्त्रणमा लिएकाले म साँच्चै दु:खी छु। यत्रो वर्ष म र मेरा पतिले कहिल्यै पनि हामीबारे नराम्रो कुरा गरिँदा पनि प्रहरीमा उजुरी गरेनौँ,” उनलाई उद्धृत गर्दै स्ट्रेट टाइम्स पत्रिकाले लेखेको छ।

उनका अनुसार आलोचकहरूलाई पक्राउ गरिएको थाहा पाएपछि उनी दु:खित र आक्रोशित भइन् र पुन: ट्विटर चलाउन थालेकी हुन्।

“म आफैँले दरबारलाई प्रहरीलाई कुनै कारबाही नगर्न सूचित गर्न भनेँ। म फेरि पनि भन्छु – मैले उनीहरूका कारण मेरो खाता बन्द गरेकी थिइनँ।”

शुक्रवार राति पार्टी सोसियालिस मलेशिया नामक दलका एक सदस्यलाई महारानीबारे अपमानजनक सन्देशहरू लेखेको आरोपमा समातिएको थियो।

उनको नाम खालिद इस्माथ भएको बताइएको छ । उनलाई जुन कानुनका आधारमा पक्राउ गरिएको थियो त्यसको प्रतिपक्षी दल र मानवाधिकारवादी समूहरूले लामो समयदेखि आलोचना गर्दै आएका छन् । मानवाधिकारकर्मी तथा राजनीतिकर्मीहरूले प्रहरीले अनावश्यक हस्तक्षेप र दुर्व्यहार गरेको बताएका छन्।

इस्माथले आफूले महारानीको अपमान नगरेको दाबी गरेका छन् ।

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  ११ : ५८ बजे

साताव्यापी खोज अभियान : खैरो हेरोइनसहित ११ जना पक्राउ

काठमाडौं – काठमाडौंमा प्रहरीको साताव्यापी अपराधी खोजतलास अभियानबाट लागुऔषध खैरो

नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छः सभामुख अर्याल

काठमाडौं – सभामुख डोलप्रसाद (डिपी) अर्यालले विश्वका जुनसुकै देशमा छरिएर

सन्दीप, दिपेन्द्र र कुशलले लंका प्रिमियर लिग खेल्ने

काठमाडौं – श्रीलङ्काको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता लंका प्रिमियर लिग (एलपिएल)

कांग्रेसले बनायो छाया सरकार, कसलाई कुन मन्त्रालयको जिम्मेवारी ?

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले छाया सरकार गठनको प्रस्ताव

बालेनका कारण रास्वपामा खैलाबैला : उठ्यो माफी माग्‍नुपर्ने माग, रविले भने, ‘राम्रो भएन, अहिलेलाई कोही नबोलौँ’

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू