मिचेल स्टार्क र डु प्लेसिस चम्किएपछि दिल्लीले हैदरावादलाई सजिलै हरायो | Khabarhub Khabarhub

मिचेल स्टार्क र डु प्लेसिस चम्किएपछि दिल्लीले हैदरावादलाई सजिलै हरायो


१७ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सले लगातार दोस्रो जित निकालेको छ ।

आइतबार दिउँसो भएको खेलमा दिल्लीले सनराइजर्स हैदरावादलाई ७ विकेटले हराएको हो । हैदरावाले दिएको १६४ रनको लक्ष्य दिल्लीले १६ ओभरमा तीन विकेटको क्षतिमा भेट्टायो ।

दिल्लीका लागि ओपनर फाफ डु प्लेसिसले ५० रनको योगदान गरे । त्यस्तै ज्याक फाजर मगर्कले ३८ रन बनाए ।

केएल राहुलले १५ रन, अभिषेक पोरेल ३४ रन बनाए । हैदरावादका लागि जिसान अन्सारीले ३ विकेट लिए । चार ओभर बलिङ गरेका उनले ४२ रन खर्चिए ।

त्यसअघि विशाखापट्टनममा टस जितेर ब्याटिङ रोजेको हैदरावाद १८.४ ओभरमा अलआउट हुनुअघि १६३ रन बनायो। उसका लागि अनिकेत वर्माले ४१ बलमा ६ छक्का प्रहार गर्दै ७४ रन बनाए ।

दिल्लीका लागि मिचेल स्टार्कले ५ विकेट लिए । ३.४ ओभर बलिङ गरेका उनले ३५ रन खर्चिए । यस्तै कुलदीप यादवले ३ विकेट लिए । हैदरावादको यो दोस्रो हार हो ।

प्रकाशित मिति : १७ चैत्र २०८१, आइतबार  ८ : ४४ बजे

नवलपुरमा बेवारिसे शव व्यवस्थापन गर्दै विनयजङ्ग बस्नेत

नवलपरासी – पशुपति आर्यघाटमा बेवारिसे शव व्यवस्थापन गर्दै आएका विनयजङ्ग

भोलिदेखि वर्षाको मात्रा बढ्ने

काठमाडौं – न्यून चापीय रेखा उत्तरतर्फ भएकाले फेरि केही दिन

बालेन काठमाडाैंकाे जनकपुर फिस हाउसमा, भन्छन्: तावा फिस खाँदा जनकपुरको याद आयो

काठमाडाैं – काठमाडाैं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँको नक्साल गैरीधारास्थित

‘हाइब्रिड’ स्याउखेतीमा कृषकको आकर्षण बढ्दै

मुस्ताङ – मुस्ताङमा विदेशबाट आयातित उच्च घनत्व प्रविधिमा आधारित हाइब्रिड

एमाले बाजुराको प्रशिक्षण साउन २५ देखि, विधान संशोधनमा एकमत

धनगढी – नेकपा एमाले बाजुराले साउन २५ गतेदेखि पालिका स्तरीय