मिचेल स्टार्क र डु प्लेसिस चम्किएपछि दिल्लीले हैदरावादलाई सजिलै हरायो « Khabarhub

मिचेल स्टार्क र डु प्लेसिस चम्किएपछि दिल्लीले हैदरावादलाई सजिलै हरायो


१७ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सले लगातार दोस्रो जित निकालेको छ ।

आइतबार दिउँसो भएको खेलमा दिल्लीले सनराइजर्स हैदरावादलाई ७ विकेटले हराएको हो । हैदरावाले दिएको १६४ रनको लक्ष्य दिल्लीले १६ ओभरमा तीन विकेटको क्षतिमा भेट्टायो ।

दिल्लीका लागि ओपनर फाफ डु प्लेसिसले ५० रनको योगदान गरे । त्यस्तै ज्याक फाजर मगर्कले ३८ रन बनाए ।

केएल राहुलले १५ रन, अभिषेक पोरेल ३४ रन बनाए । हैदरावादका लागि जिसान अन्सारीले ३ विकेट लिए । चार ओभर बलिङ गरेका उनले ४२ रन खर्चिए ।

त्यसअघि विशाखापट्टनममा टस जितेर ब्याटिङ रोजेको हैदरावाद १८.४ ओभरमा अलआउट हुनुअघि १६३ रन बनायो। उसका लागि अनिकेत वर्माले ४१ बलमा ६ छक्का प्रहार गर्दै ७४ रन बनाए ।

दिल्लीका लागि मिचेल स्टार्कले ५ विकेट लिए । ३.४ ओभर बलिङ गरेका उनले ३५ रन खर्चिए । यस्तै कुलदीप यादवले ३ विकेट लिए । हैदरावादको यो दोस्रो हार हो ।

प्रकाशित मिति : १७ चैत्र २०८१, आइतबार  ८ : ४४ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन