राजावादीको प्रदर्शनका घाइते १३ जनाको उपचार जारी, ११५ जना डिस्चार्ज « Khabarhub

राजावादीको प्रदर्शनका घाइते १३ जनाको उपचार जारी, ११५ जना डिस्चार्ज


१८ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राजावादीको प्रदर्शनका क्रममा गत शुक्रबार काठमाडौँको तीनकुने क्षेत्रमा भएको झडपमा घाइते भएका १२८ जनामध्ये १३ जना उपचारमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

उपचाररत १३ जनामध्ये ७ जना गोली लागेका तथा गम्भीर चोट लागेकाहरु रहेको बताइएको छ । गम्भीर घाइते उनीहरु सबैको आकस्मिक शल्यक्रिया गरिएको छ । प्रदर्शनका क्रममा घाइते भएकाहरुको वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, पाटन अस्पताल, निजामती कर्मचारी अस्पताल र काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पताल लगायतका अस्पतालहरुमा उपचार भएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताएका छन् ।

सरकारले तीनकुने घटनाका घाइतेहरुको निशुल्क उपचार गर्ने घोषणा गरेको थियो । सोही अनुसार निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउन अस्पतालहरुलाई मन्त्रालयले निर्देशन दिएको छ। गम्भीर घाइते भइ उपचारमा रहेका अधिकांस सरकारी अस्पतालमै रहेको मन्त्रालयले एक बिज्ञप्ति मार्फत जानकारी गराएको छ ।

उक्त प्रर्दशनका क्रममा दुई जनाको मृत्यु भएको थियो । गम्भीर घाइते भएका सविन महर्जनको शिक्षण अस्पताल महराजगञ्ज लैजाने क्रममै मृत्यु भएको थियो भने एभिन्युज टीभीमा कार्यरत पत्रकार सुरेश रजकको एक निजी घरमा प्रदर्शनकारीले लगाएको आगोमा परी जलेर मृत्यु भएको थियो ।

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार  ३ : ४३ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर