स्कुटर चोरी गर्ने र जलाउनेसहित ८ जना पक्राउ | Khabarhub Khabarhub

स्कुटर चोरी गर्ने र जलाउनेसहित ८ जना पक्राउ


१८ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

पोखरा– जिल्ला प्रहरी कार्यालय कास्कीले स्कुटर चोरी तथा आगजनीमा संलग्न ८ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये १३ देखि १६ वर्ष उमेर समूहका ७ जना बालक र २० वर्षीय दिनेश गुरुङ छन् ।

प्रहरीका अनुसार चैत १३ गते राति पोखरा महानगरपालिका–२० भलामस्थित घरअगाडि पार्किङ गरिएको ग ११ प ७५३७ नम्बरको स्कुटर चोरी भएको सूचना प्राप्त भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

चैत १६ गते पोखरा–१६ लामाचौरस्थित माथिल्लो दीप क्षेत्रमा शंकास्पद अवस्थामा ग ८ प ५४२९ नम्बरको स्कुटर चलाइरहेका दुई जना बालक फेला परेका कास्की प्रहरीले बताएको छ । सोधपुछपछि उनीहरुले स्कुटर चैत १४ गते राति हल्लनचोकबाट चोरी गरेको स्वीकारेको प्रहरीको भनाइ छ ।

उनीहरुले पुराना मोडलका स्कुटर चोरी गरी केही दिन चलाएर अन्यत्र छोड्ने गरेको तथ्य खुलेको प्रहरीले बताएको छ । थप अनुसन्धानका क्रममा विभिन्न स्थानबाट १० वटा चोरी भएका स्कुटर फेला पारिएको प्रहरीले जनाएको छ । गोरखाका दिनेश गुरुङ पोखरा–१६ दीपमा बस्दै आएका थिए ।

स्कुटर जलाउने ५ जना पक्राउ

दिनेश गुरुङ सहित ५ जनाले भलामबाट चोरी भएको स्कुटर नागथान क्षेत्रमा लगी चलाएका थिए। तीन दिनपछि स्कुटर पुनः चलाएर लैजाँदै गर्दा डाँडा कटेरीमा पुग्दा बिग्रिएपछि ट्यांकीमा आगजनी गरेको खुल्न आएको छ ।

पक्राउ परेका आठै जनालाई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँकासम्बन्धी मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार  ६ : १४ बजे

देशभरको मौसम बदली रहने, यी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एसिया कप: बंगलादेशविरुद्ध श्रीलंका ६ विकेटले विजयी

काठमाडौं – एसिया कपमा श्रीलंकाले विजयी सुरुवात गरेको छ। पहिलो

आजदेखि काठमाडौं महानगरका विद्यालय खुल्ने : सोमबारदेखि पढाइ

काठमाडौं – काठमाडौं महानगरपालिकाले आइतबारदेखि विद्यालयमा उपस्थित भई पठनपाठनका लागि

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल भदौ २९ गते आइतबार। आश्विन