‘नमूना युवा संसद २०८१’ सम्पन्न « Khabarhub

‘नमूना युवा संसद २०८१’ सम्पन्न


१८ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संघीय संसद सचिवालयको आयोजना, यूएनडीपी संसद सहयोग परियोजना र युवोदय नेपालको सहकार्य तथा मेगा कलेज, कुमारीपाटीको शैक्षिक साझेदारीमा आयोजित नमूना युवा संसद २०८१ कार्यक्रम स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, जावलाखेलको सभाहलमा सम्पन्न भएको छ।

तीन दिवसीय कार्यक्रममा काठमाडौँ उपत्यकामा कानून संकाय अध्यापन गराउने ३१ विद्यालयका १३१ विद्यार्थीहरूले सहभागिता जनाएको आयोजकले जनाएको छ । सहभागीहरूले नेपालको संघीय संसद सञ्चालन, संसदको दैनिक कार्यसूची, कानुन निर्माण प्रक्रिया, संसदमा प्रधानमन्त्रीको सम्बोधन, मन्त्रीको जवाफलगायतका विषयमा प्रशिक्षण दिइएको थियो ।

उक्त कार्यक्रममा संघीय संसद सचिवालयका सचिव, सहसचिव, सेवानिवृत सचिव, नेपालव्यापी युवाहरुलाई नमूना युवा संसदबारे प्रशिक्षण दिँदै आएका प्रशिक्षकहरुका साथै कानुन व्यवसायी समेत गरी ७ जना प्रशिक्षकहरूको सहभागिता थियो ।

कार्यक्रमलाई सभामुख देवराज घिमिरेले अनलाईन मार्फत सम्बोधन गर्दै आफ्नो अनुभव साट्ने तथा सहभागीहरुलाई बधाई ज्ञापन गरेका थिए ।

कार्यक्रममा संघीय संसदका महासचिव पद्म प्रसाद पाण्डेयले युवाहरूको समर्पण र सक्रियतामा सकारात्मक दृष्टिकोण राख्दै भविष्यमा यस्ता कार्यक्रमहरू थप सञ्चालन हुनुपर्ने धारणा राखेका थिए । उनले सहभागीहरुलाई राज्य सञ्चालनको विषयमा निरन्तर चासो राख्न सुझाव दिँदै भोलिको दिनमा नेतृत्व तहमा पुग्न शुभकामना समेत दिएका थिए ।

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार  ७ : ०८ बजे

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा