शून्य शैक्षिक गरिबीको पहल शुरु « Khabarhub

शून्य शैक्षिक गरिबीको पहल शुरु


१८ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ शिक्षा क्षेत्रको सुधारका लागि काम गर्दै आएको यूडब्ल्यूएस नेपालले ‘शून्य शैक्षिक गरिबी’ को पहल थालेको छ ।

सोमबार ललितपुरमा आयोजित एक कार्यक्रमका बीच यूडब्ल्यूएस नेपालले “शून्य शैक्षिक गरिबी” परियोजनाको सुरु गरेको घोषणा गरेको हो । त्यस्तै युडव्लुएस नेपालले, “यूके एड म्याच चौथो चरणः सिकईदेखि कार्यान्वयन सम्म” को समापन भएको जनाएको छ ।

विगत तीन वर्षमा, युके एड म्याच चौथो चरण परियोजनाले गरिबी, लैङ्गिक असमानता, भौगोलिक विकटता र अपर्याप्त विद्यालय पूर्वाधार समस्यालाई समाधान गर्दै ८ हजार ५ सय ५ बालबालिकाहरु प्रत्यक्ष रुपमा लाभान्वित भएको युडब्ल्यूएस नेपालका निर्देशक सूर्य कार्कीले जानकारी दिए ।

यस पहलले विद्यालय पूर्वाधारहरुलाई सुदृढ बनाउँदै, शिक्षण क्षमता बढाएको र सुधारहरूलाई दिगो बनाउन स्थानीय सरकारहरूसँग दीर्घकालीन साझेदारीलाई सशक्त बनाएको उनले बताए । निर्देशक कार्कीले शैक्षिक परिवर्तन भवन निर्माणका रुपमा देखिएको भन्दै त्यसका कारण शिक्षा क्षेत्रमा भने परिवर्तन हुन नसकेको देखिएको उल्लेख गरे ।

कार्यक्रममा स्थानीय शिक्षामा उत्कृष्ट अभ्यास, चुनौती र दिगो समाधानका बारेमा सामूहिक छलफल गरिएको थियो । यूडब्लूएस नेपालले हालसम्म २९ नगरपालिकाका ३२१ दुर्गम समुदायहरुमा शैक्षिक रूपान्तरण गरी १०७ विद्यालयहरू मार्फत २०,६९० विद्यार्थीहरुसम्म पहुँच पुराइएको जनाएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार  ७ : ३४ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना