परराष्ट्र नीतिमा फाटो आउने सैन्य गतिविधिमा नेपाल संलग्न हुँदैन् : मन्त्री ज्ञवाली « Khabarhub

परराष्ट्र नीतिमा फाटो आउने सैन्य गतिविधिमा नेपाल संलग्न हुँदैन् : मन्त्री ज्ञवाली


२९ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले देशहरुबीच फाटो ल्याउने कुनै पनि खालको सैन्य गतिविधि सरकारलाई स्वीकार्य नहुने बताएका छन् ।

पराष्ट्रमन्त्री ज्ञवालीले नेपालले कुनै पनि देशसँग वैरभाव नराख्ने विदेश नीति लिएको पनि स्पष्ट पारे ।

आईतबार ललितपुरमा आयोजित ‘रोड एण्ड बेल्ट ईनिसिएटिभ डाईलग’ विषयक विचार गोष्ठीमा बोल्दै उनले राष्ट्रिय हितलाई केन्द्रमा राखेर नेपालले आफ्नो विदेशी नीतिलाई अघि बढाएको उल्लेख गर्दै त्यसमा दायाँबायाँ हुन नदिने दृढता व्यक्त गरे ।

मन्त्री ज्ञवालीले अमेरिका, चीन, भारत कुनै पनि मुलुकसँग इस्यूमा बहस गरेपनि उनीहरुसँग वैरभाव राख्ने पक्षमा सरकार नरहेको पनि बताए ।

परराष्ट्रमन्त्री ज्ञवालीले सरकारले नेपाल– चीन ‘क्रस बोर्डर इकोनोमिक जोन’ स्थापना गर्ने तयारी गरिरहेको पनि बताए । दुई मुलुकबीचको व्यापार घाटालाई कम गर्न पनि सरकारले बोर्डर एरियामा सो जोनको विकास गरेर आर्थिक गतिविधिलाई बढाउन चाहेको पनि मन्त्री ज्ञवालीको भनाई छ ।

मन्त्री ज्ञवालीले सरकारले बाह्य लगानी भित्र्याएर पनि मुलुकको समृद्धिको अभियानलाई तीव्रता दिन चाहेको पनि बताए ।

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  १ : २८ बजे

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक