अष्ट्रेलिया नेपाली कम्युनिटीको ‘अर्बन’ अध्यक्षमा श्रेष्ठ निर्वाचित | Khabarhub Khabarhub

अष्ट्रेलिया नेपाली कम्युनिटीको ‘अर्बन’ अध्यक्षमा श्रेष्ठ निर्वाचित


१८ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अष्ट्रेलिया नेपाली कम्युनिटी (अर्बन) को अध्यक्षमा अरूणचन्द्र श्रेष्ठ निर्वाचित भएका छन् ।

सोमबार भएको निर्वाचनमा ७० मत प्राप्त गरी उनी निर्वाचित भएका हुन् । उनका प्रतिष्पर्धी उद्धव पोख्रेलले ४५ र अर्का प्रतिष्पर्धीले २ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा हेमन लमिछाने, महिला उपाध्यक्षमा सहनशिला श्रेष्ठ ,महासचिवमा दीपेन्द्र घिमिरे ,सचिवमा वसन्त पाण्डे कोषाध्यक्षमा जनक प्रधान निर्वाचित भएका छन् ।

त्यसैगरी कार्यकारी सदस्यहरूमा सुरज बुढाथोकी , सकिना थापा ,नवराज तिमिल्सिना ,श्रीधर आचार्य ,रिवाज मैनाली ,युवराज घिमिरे ,पुजन गड्तौला ,नविन चौलागाईं ,बिमर्श पाण्डे,विवेक ओझा र क्रिशम खड्का निर्वाचित भएका छन् ।

निर्वाचित अध्यक्ष श्रेष्ठले प्रवासमा रहेर नेपाली कला–संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने बताए । यहाँ रहेका नेपाली समुदायलाई एकत्रीत गरेर भातृत्त्वको भावना विकास गराउन पनि पहल गर्ने उनको भनाइ छ ।

नेपाली समुदायलाई अष्ट्रेलियाको समुदायमा जोड्न विभिन्न सरोकारवाला निकायसँग समन्वय गर्ने उनले बताए । ‘प्रवासमा रहेका नेपाली समुदायलाई एकतामा राखी सधैँ एकजुट हुनुपर्छ अभियान चलाउनेछु,’ उनले भने ।

श्रेष्ठ सुनसरी इटहरी उपमहानगरपालिका २० का हुन् । उनी सात वर्षददेखि अष्ट्रेलियामा बसोबास गर्दै आइरहेका छन् । उनी कन्सट्रक्सन क्षेत्रमा काम गर्छन् । श्रेष्ठ अष्ट्रेलिया एनआरएनका सदस्य समेत हुन् ।

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार  १० : ३५ बजे

साम्बाको अर्को उत्कृष्ट गोल, भारतविरुद्ध नेपाललाई दोहोरो अग्रता

काठमाडौं- नेपालले भारतविरुद्ध सिलोङमा जारी खेलमा २-० को अग्रता बनाउन

डीपीको स्पष्टीकरण : रविलाई जेलबाट जबरजस्ती निकालेका थिएनौँ, सरकारकै मान्छेले फोन गरेर लैजानु भनेको प्रमाण छ

भैरहवा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डीपी अर्यालले

एमालेले बोलायो सचिवालय बैठक

काठमाडौं– नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। सचिवालयका अनुसार एमालेले

परम्परागत पौभा चित्रकला प्रदर्शनी

काठमाडौं– परम्परागत पौभा चित्रकलाको महत्व दर्साउँदै बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा

उत्तर कोरियाली विदेशमन्त्रीसँग मस्कोमा, पुटिनसँग भेटवार्ता गर्ने

मस्को- उत्तर कोरियाका उच्च कूटनीतिज्ञसँग रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार