आईपीएल : मुम्बई इन्डियन्सकाे पहिलो जित « Khabarhub

आईपीएल : मुम्बई इन्डियन्सकाे पहिलो जित


१८ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


426
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा मुम्बई इन्डियन्सले पहिलो जित निकालेको छ । सोमबार भएको दोस्रो खेलमा कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हराउँदै मुम्बईले पहिलो जित दर्ता गरेको हो ।

कोलकाताले दिएको ११७ रनको लक्ष्य मुम्बईले १२.५ ओभरमा दुई विकेटको क्षतिमा पुरा गर्यो । मुम्बईका लागि ओपनर रायन रिकेल्टनले अविजित ६२ रन बनाए । ४१ बलको सामना गरेका उनले चार चौका र पाँच छक्का प्रहार गरे ।

त्यस्तै सुर्यकुमार यादवले ९ बलमा तीन चौका र दुई छक्कासहित २७ रन बनाए । भने विल ज्याक्सले १६ रन बनाउँदा रोहित शर्मा १३ रनमै पेभेलियन फर्किए ।

कोलकाताका लागि आन्द्रे रसेलले दुई विकेट लिए । २.५ ओभर बलिङ गरेका रसेलले ३५ रन खर्चिए ।

त्यसअघि मुम्बईको वानखेडे रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले १६.२ ओभरमा अलआउछ हुनुअघि ११६ रन बनायो । उसका लागि अंकृश रघुवंशीले सर्वाधिक २६ रन बनाए । त्यस्तै मनदीप सिंहले २२ रन, मनिष पाण्डेले १९ रन बनाउँदा रिंकु सिंह १७ रनमा आउट भए ।

मुम्बईका अश्वनी कुमारले चार विकेट लिए । यो अश्वनीको डेब्यू खेल थियो । उनले डेब्यू खेलमा नै शानदार प्रदर्शन गर्दै तीन ओभरमा ८ रन खर्चिर चार विकेट लिए । त्यस्तै दीपक चहरले दुई तथा ट्रेन्ट बोल्ट र कप्तान हार्दिक पाण्ड्याले एकएक विकेट लिए ।

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार  ११ : ०८ बजे

हेटौँडाका ६० जना अनौपचारिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध

बागमती– हेटौँडा उपमहानगरपालिकाले अनौपचारिक क्षेत्रमा कार्यरत ६० जना श्रमिकलाई सामाजिक

राजावादीमा निरन्तर फुट : तीन पूर्वअध्यक्षसहितले बहिष्कार गरे राप्रपा केन्द्रीय समिति बैठक

काठमाडौं- धवल शमशेर जबरा नयाँ पार्टी खोल्न गएयता राष्ट्रिय प्रजातन्त्र

ब्राजिललाई स्तब्ध बनाउन सक्ला हाइटीले ?

काठमाडौं– शनिबार हुन लागेका खेलहरूले उत्तर अमेरिकामा जारी विश्वकप अन्तर्त

चलचित्र उद्योगले नेपालको आर्थिक विकासमा थप योगदान पुर्‍याउन सक्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली चलचित्र उद्योगले नेपालको आर्थिक विकासमा

निःशुल्क उपचारको विवरण सार्वजनिक गर्न सबै अस्पताललाई सरकारको निर्देशन

काठमाडौं– सरकारले देशभरका सरकारी, निजी तथा सामुदायिक अस्पतालहरूलाई विपन्न, असहाय