भारत र फ्रान्सले गरे संयुक्त नौसैनिक अभ्यास « Khabarhub

भारत र फ्रान्सले गरे संयुक्त नौसैनिक अभ्यास


११ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – भारत र फ्रान्सले संयुक्त नौसैनिक अभ्यास सञ्चालन गरेका छन् । यी दुई मुलुकका नौसेनाले अरब सागरमा अभ्यास गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

टाइम्स अफ इण्डियाका अनुसार अभ्यासलाई ‘वरुण २०२५’ नाम दिइएको छ । यी दुई मुलुकबीच सन् २००१ देखि वरुण नौसैनिक अभ्यास सञ्चालन हुँदै आएको छ । अभ्यासमा भारतले लडाकु विमान वाहक आईएनएस विक्रान्त युद्धपोत र फ्रान्सले आणविक ऊर्जाबाट सञ्चालन हुने लडाकु विमानवाहक युद्धपोत सार्ल दे गोल परिचालन गरेको जनाइएको छ ।

यस अभ्यासले दुई मुलुकबीच रणनीतिक साझेदारीलाई थप मजबुत बनाउने अपेक्षा गरिएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । अभ्यासमा सहभागी नौसैनिकहरुले पनडुब्बी प्रतिरोधी युद्धकार्य र आपसी सैन्य सहयोगसम्बन्धी प्रशिक्षण पनि लिएको एएनआईले उल्लेख गरेको छ ।

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार  १ : १६ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना