जापानी जल क्षेत्रनजिकै चिनियाँ नौसैनिक गतिविधिले पूर्वी एशियामा तनाव « Khabarhub

जापानी जल क्षेत्रनजिकै चिनियाँ नौसैनिक गतिविधिले पूर्वी एशियामा तनाव


८ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जापानी जलक्षेत्रनजिकै चीनले नौसैनिक गतिविधि बढाएपछि पूर्वी एशियामा तनाव उत्पन्न भएको छ । पछिल्लो समय जापानी सार्वभौमिकतामा रहेको योनागुनी टापु क्षेत्रमा चिनियाँ नौसैनिक गतिविधि बढ्दै गएको छ ।

चीनले सो क्षेत्रमा नौसैनिक पहिचान अंकित गर्नका लागि भौतिक चिन्ह स्थापित गरेको छ । हङकङ पोस्टका अनुसार यसलाई लिएर जापानले आपत्ति जनाएको छ ।

सो क्षेत्रमा नौसैनिक निगरानी र जासुसी गतिविधि बढाउनका लागि चीनले यस्तो भौतिक चिन्ह राखेको सैनिक विश्लेषकहरु बताउँछन् । सो क्षेत्रमा चिनियाँ नौसैनिक युद्धपोतको गतिविधि पनि बढ्दै गएको छ ।

सन् २०२२० मा सो क्षेत्रमा एउटा पनि चिनियाँ युद्धपोत देखा परेको थिएन । तर सन् २०२४ मा त्यहाँ १८ वटा चिनियाँ युद्धपोत पुगेको जनाइएको छ ।

योनागुनी टापु क्षेत्र ताइवानसँगको सीमानजिकै पर्छ । चीनले नौसैनिक गतिविधि बढाएपछि जापानले पनि सैनिक अवस्थिती सुदृढ बनाउँदै लगेको छ ।

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार  २ : १८ बजे

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको