पत्रकार सम्मेलनबाटै ‘पक्राउ परे’ ज्ञानेन्द्र शाही « Khabarhub

पत्रकार सम्मेलनबाटै ‘पक्राउ परे’ ज्ञानेन्द्र शाही


२९ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सामाजिक अभियन्ता ज्ञानेन्द्र शाही पक्राउ परेका छन् । शाहीले आइतबार ललितपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा झगडा भएपछि सुरक्षाका लागि भन्दै उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ललितपुर प्रहरी परिसरका डीएसपी देवेन्द्र पाण्डले शाहीले आयोजना गरेको पत्रकार सम्मेलनमा हातहालाहालको स्थिति बनेपछि उनको सुरक्षाका लागि नियन्त्रणमा लिइएको जनाए ।

शाहीले आयोजना गरेको पत्रकारसम्मेलनमा उपस्थित भएका र आफूलाई पत्रकार भन्नेहरुले शाहीमाथि हातपात प्रयास गरेका थिए ।

किन आयोजना गरे पत्रकार सम्मेलन ?

शनिवार नेपालगञ्ज विमानस्थनबाट उडान भर्न लागेको बुद्ध एयरको विमान भित्र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईमाथि केही यात्रु खनिएको भिडियो सार्वजनिक भएको थियो ।

शाही लगायतका यात्रुले मन्त्रीका कारण एक घन्टा विमान रोकिएको भन्दै मन्त्री भट्टराईमाथि खनिएका थिए ।

काठमाडौं आएसँगै मन्त्री भट्टराईले आफ्ना कारण विमान उडानमा १५ मिनेट ढिलाई भएको र त्यसबारेमा विमान कम्पनीलाई जानकारी गराइएको जनाएका छन् ।

भट्टराईले आफ्ना कारण भएको ढिलाइप्रति माफी मागेका छन् । तर, शाहीले भने विमान १५ मिनेट नभइ एक घन्टा ढिला भएको र मन्त्रीले ढाँटेको भन्दै पत्रकार सम्मेलनको आयोजना गरेका थिए ।

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  २ : ०६ बजे

तारकेश्वरको जरङ्खुमा पहिरो, ५० घर प्रभावित (तस्बिरहरु)

काठमाडौँ– काठमाडौँको तारकेश्वर नगरपालिका–६ जरङ्खुस्थित अष्टमान टोलमा घर निर्माणका क्रममा

सरकारसँग १४ बुँदे सहमतिपछि घर फर्किए लघुवित्त ऋणी

काठमाडौँ – ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय बाहिर

नेपाल–भारत सीमा सुरक्षामा संयुक्त गस्ती र सूचना आदानप्रदान बढाइने

काठमाडौँ– नेपाल र भारतका चार जिल्लाका सुरक्षा अधिकारीले सीमा सुरक्षालाई

रंगशालाको ऋण र राज्यको उपेक्षा

चितवनको भरतपुरमा एउटा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने सपना देखेर देशभरका

बर्खायाम सकिएको झल्को दिने ‘यार्तुङ’ पर्व

मुस्ताङ– मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–१ खिङ्गामा बर्सेनि मनाइने यार्तुङ पर्व हर्षोल्लासका