मधेसका मुख्यमन्त्री कार्यालय र गृह मन्त्रालयमा अख्तियारको छापा, योजनासम्बन्धीका फाइल नियन्त्रणमा « Khabarhub

मधेसका मुख्यमन्त्री कार्यालय र गृह मन्त्रालयमा अख्तियारको छापा, योजनासम्बन्धीका फाइल नियन्त्रणमा


१९ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


738
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशको मुख्यमन्त्री कार्यालय र गृह मन्त्रालयबाट विभिन्न योजनासम्बन्धी महत्त्वपूर्ण फाइलहरू नियन्त्रणमा लिएको छ । 

आयोगले सफ्टवेयर खरिद र सुरक्षा उपकरण खरिदसँग सम्बन्धित फाइलहरू नियन्त्रणमा लिइएको जनाएको छ ।

टोलीले दुई वटै योजनाका विभिन्न फाइलहरू नियन्त्रणमा लिएर अनुसन्धानलाई अघि बढाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका प्रमुख रामबाबु कुरुम्वाङ्गले बताए । 

तीन महिनाअघि अख्तियारमा परेको उजुरीको आधारमा आयोगले छानबिन गर्दै फाइलहरू नियन्त्रणमा लिएको कुरुम्वाङ्गले बताए ।

आर्थिक वर्ष २०७७/०७८ मा मधेश प्रदेश सरकारको निजामती पीआइएस सिस्टम, अफिस अटोमेसन सिस्टम र जिन्सी अटोमेसन सिस्टम जस्ता सफ्टवेयर खरिद गरिएको थियो । 

ती सफ्टवेयरहरू एक करोडभन्दा बढी रकममा खरिद गरिए तापनि अहिलेसम्म तिनीहरूको प्रयोगमा ल्याइएन । एक कर्मचारीका अनुसार ती सफ्टवेयरहरू स्टोरमा समेत दाखिला नगरी राखिएका छन् ।

अख्तियारले पछिल्लो पाँच दिनदेखि मधेश मुख्यमन्त्री कार्यालयसँग नियमित सम्पर्क गर्दै फाइलहरूको खोजी गर्दै आएको थियो । आयोगका एक अधिकारीका अनुसार यी फाइलहरूको छानबिन पूरा भएपछि भ्रष्टाचारको संकेत भेटिएमा थप कारबाही गरिनेछ ।

प्रकाशित मिति : १९ चैत्र २०८१, मंगलबार  ७ : ४२ बजे

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना

कागजमा विद्यालय देखाएर साढे सात लाख झ्वाम पार्ने पूर्वमन्त्री भ्रष्टाचारी ठहर

काठमाडौँ- कागजमा मात्रै विद्यालय देखाएर सरकारी रकम भुक्तानी लिएको अभियोगमा

काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक (तस्बिरहरू)

काठमाडौं – काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक बढेको छ ।

लगानी वृद्धि गराउन सरकार प्रयासरत छ : अर्थमन्त्री खनाल

विराटनगर –अर्थमन्त्री रामेश्वर खनालले उद्योग र व्यापारका क्षेत्रमा लगानी वृद्धि

अधिकृत महमद शेरे मुस्तफासहित तीन जनाविरुद्ध आरोपपत्र दायर

पर्सा – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको बहुदरमाई नगरपालिकाका तत्कालीन