सिरहामा गृहमन्त्रीको पुत्ला दहन « Khabarhub

सिरहामा गृहमन्त्रीको पुत्ला दहन


१९ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


657
Shares
  • change font
  • change font
  • change font

सिरहा – सिरहामा भारतीय नागरिकलाई नागरिकता दिने वडा अध्यक्षलाई प्रहरीले पक्राउ नगरेको भन्दै स्थानीयले गृहमन्त्री रमेश लेखकको पुतला दहन गरेका छन् ।

पुर्व पश्चिम लोकमार्ग सडक अन्तर्गत चोहर्वामा मंगलबार साँझ आक्रोशित स्थानीयहरूले गृहमन्त्री लेखकको पुतला जलाएका हुन् ।

भारतीय नागरिक मोस्ताक मियाँलाई नागरिकता दिन सिफारिस गर्ने वडाध्यक्ष रुषतम अन्सारी र वडासचिव रामदेव मण्डललाई राजनीतिक संरक्षण दिइएको र उनीहरूलाई प्रहरीले पक्राउ गर्न चासो नदेखाएको स्थानीयहरूको आरोप छ ।

नरहा गाउँपालिका ३ वडा कार्यालयको सिफारिसका आधारमा भारत विहारको मधुबनी जिल्ला, जयनगर ग्राम पञ्चायतस्थित देउधाका मियाँले २०८० असार २६ मा जिल्ला प्रशासन सिरहाबाट १५०१८०–४३६२ नम्बरको नेपाली नागरिकता पाएका थिए ।

यो घटना बाहिरिएपछि मोस्ताकलाई नागरिकता दिलाउन नक्कली बुवा बनाइएका स्थानीय अमानत मियाँलाई प्रहरीले चैत ५ मै पक्राउ गरिसकेको छ । प्रहरीले वडाध्यक्ष अन्सारी र वडासचिव मण्डलको समेत सिरहा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपनि उनीहरु राजनीतिक आडमा खुल्लेआम घुम्दै आएका छन् ।

नरहा गाउँपालिका ३ का वडा अध्यक्ष रुस्तम अन्सारी एमाले पार्टिबाट निर्वाचित भएका छन् । उनलाई जिल्लाकै केन्द्रिय नेताहरूले संरक्षण गरिरहेको स्थानीयहरुको भनाइ छ।

प्रकाशित मिति : १९ चैत्र २०८१, मंगलबार  ८ : ५९ बजे

ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली

काठमाडौं – पशुपति क्षेत्रस्थित शिवपुरी बाबाले करिब १५ वर्ष ध्यान

छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

जनकपुरधाम – सिरहाको छुट्टाछुटै स्थानमा आज भएको दुर्घटनामा दुई जनाको

जेसिके फाइट नाइट : चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित

काठमाडौं – नेपाली मिश्रित मार्सल आट्र्स (एमएमए) खेलाडी युकी आङदेम्बेले

सुनसरीको देवानगञ्जमा फेरि गोली चल्यो, दुई जना पक्राउ

विराटनगर – सुनसरीको देवानगन्ज गाउँपालिका–१ मा गोली प्रहारबाट एक युवक