‘लाज शरणम्’का बालकलाकार केसीको कुपोषणको कारण मृत्यु | Khabarhub Khabarhub

‘लाज शरणम्’का बालकलाकार केसीको कुपोषणको कारण मृत्यु


१९ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – महाशिवरात्रिमा प्रदर्शनमा आएको फिल्म ‘लाज शरणम्’ मा अभिनय गरेका बाल कलाकार विकास केसीको कुपोषणको कारण मृत्यु भएको छ । उनले फिल्ममा पनि कुषोषित बालककै भूमिका निर्वाह गरेका थिए ।

विसं. २०६६ साल साउन १ गते जन्मीएका केसीको कुपोषणकै कारण मंगलबार निधन भएको फिल्मका निर्देशक कुमार कट्टेल ‘जिग्री’ले जानकारी दिए ।

जिग्रीका अनुसार सुटिङ्पछि तत्काल उनको उपचारका लागि ग्रीन सिटी अस्पताल ल्याइएको थियो । ग्रीन सिटी अस्पतालले कान्ति बाल अस्पताल रिफर ग¥यो । कान्ति बाल अस्पतालले जटिल खालको कुपोषणको उपचार सम्भव नभएको जनाउँदै फिर्ता गरेको उनले जानकारी दिए । सुटिङ् समयमा उनको स्याहार र परिवारको सहजताका लागि खानेकुरा, लत्ता कपडा र सञ्चारका लागि मोवाइल उपलब्ध गराएको पनि उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘चलचित्र ‘लाज शरणम्’ को कथामा कुपोषित बालकको पात्रका रुपमा चित्रण हुनुभएका विकास के सी वास्तविक जीवनमै पनि कुपोषणबाट ग्रसित हुनुहुन्थ्यो । मानवीय संवेदना, व्यक्ति र परिवारको इच्छा तथा यसबाट पर्न सक्ने नकारात्मक असरको विश्लेषणपछि हामीले उहाँलाई चलचित्रमा चित्रण गरेका थियौँ ।’

जिग्रीले केसी नेपाली चलचित्र क्षेत्रको इतिहासमा अमिट नाम बनेर रहेको समेत उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘बाल मृत्यु सरकारका लागि गम्भीर चुनौती हो । यसमा पनि पोषिलो खानेकुरा र सुक्ष्म पोषक तत्वको अभावबाट हुने कुपोषणबाट बालबालिकाहरुले मृत्युवरण गर्नु पर्ने अवस्था नेपालमा मानव विकासमा आजको चित्र हो । यसप्रकारको खवर कहिल्यै कसैले लेख्न नपरोस् । कसैलाई सुनाउनु नपरोस् । यस घटनाप्रति सरकारसहित सम्बद्ध पक्षको ध्यानाकर्षण हुन सकोस् भन्ने अपेक्षा गर्दछौँ ।’

प्रकाशित मिति : १९ चैत्र २०८१, मंगलबार  १० : २७ बजे

प्रि ओपन सेसन : नेप्सेमा साढे २ अंकको वृद्धि

काठमाडौं– साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेपाल

दाउन्ने–दुम्कीवास सडकको वैकल्पिक मार्ग पनि अवरुद्ध

नवलपरासी– बुटवल–नारायणगढ सडकअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को दुम्कीवास क्षेत्रको वैकल्पिक

‘सङ्घ र प्रदेश सरकारको बजेटले पञ्चायतको झल्को दिएको छ’

काठमाडौँ – गएको जेठ १५ गते सङ्घीय सरकार र असार

वीरगञ्ज नाकाबाट ५९ हजार बढी इन्धन सवारी भित्रिए

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको ११ महिनामा १५

‘कृषिको उत्पादकत्व बढाउन बाँदर नियन्त्रण जरुरी’

बागलुङ– बागलुङको जैमिनी नगरपालकाले तीन वर्षदेखि चर्चामा सीमित भएको बाँदर